Uberलाई चुनौति दिने eTaxi

0
5

१७ वटा ट्याक्सी ब्यवसायीहरुको समूह मिलेर अब Uberलाई चुनौति दिने भएका छन् ।
Uber ले आफ्नो सेवामा ट्याक्सी बोलाउन सक्ने ब्यवस्था गर्दै UberFlash एप्सको घोषणा गरेसँगै ट्याक्सी ब्यवसायीहरु जुर्मुराएका हुन् ।

उनीहरुको एप्सको नाम eTaxi हुने र यसले Uber ले जस्तै अनलाइन पे-मेन्टको सुविधा प्रदान गर्ने बताइन्छ ।
हङकङ ट्याक्सी काउन्सिलका अध्यक्षले Uber को वैधानिकतामाथि सवाल गर्दै निकट भविष्यमा सुरु हुने eTaxi ले शहरका ४० हजार ट्याक्सी ड्राइभरलाई समेट्ने लक्ष्य लिएको बताएका छन् ।

हालसम्म eTaxi मा १ हजार चालक अनुबन्धित भइसकेको बताइन्छ । तर काउन्सिलको यस्तै योजना अन्तर्गत २०१६ सालमा आएको Taxi एप्स विफल भएको बताइन्छ ।

खुल्ला बजारको सौन्दर्य भनेकै खुल्ला  प्रतिश्पर्धा हो, प्रतिश्पर्धाको वातावरण बनेपछि हामी यात्रीले चाहेको बेला ट्याक्सी पाइन्छ कि त, हगि?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here