MTR सुरक्षाको लागि नेपाली खटाउनुुको कारण भाषिक अज्ञानता …

प्रकाशित मिति
0
4431

हङकङको रेल कम्पनी एम टि आर कर्पोरेसनका प्रमुखले नेपालीलाई एम टि आरको सुरक्षाको लागि पहिलो पंक्तिमा खटाउनुको कारण उनीहरूको भाषिक अज्ञानता भएको खुलाएका छन् । एम टि आर प्रमुख जोसेफ कामले नेपालीहरुलाई चाइनिज नआउने हुँदा आन्दोलनकारीले प्रयोग गर्ने गाली गलौजका भाषा नबुझ्ने जसले गर्दा उनीहरूलाई रिस नउठ्ने भएकोले दोहोरो भीडन्तको संभावना कम रहनेले गर्दा एम टि आर को सुरक्षाको लागि उनीहरूलाई लिइएको बताएका छन् ।

अल्पसंख्यक जनजातिको लागि काम गरिरहेको एक एन जि ओ युनिसनकी संचालिका फर्मी वोङले एम टि आर प्रमुखको भनाइप्रति आपत्ति जनाउँदै यो जातीय विभेदकारी रहेको भन्दै कसैको भाषिक अज्ञानताको फाइदा उठाउँदै राजनीतिक द्वन्द्वमा होमिदिनु निन्दनीय भएको बताएकी छिन् ।

आमाचकारीको गाली सहिदिनुको लागि दिनको १२-१५ सय डलर दिइएको रहेछ भन्ने त एम टि आर प्रमुखको भनाइले यहाँ पुष्टि गरिदिएको छ । हत्तेरीलाई भने भूपि शेरचनको कविता याद आइरहेको छ , “हामी वीर छौ तर बुध्दू छौं
हामी बुध्दि छौं र त वीर छौं “,
जय गोर्खाली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here