Mark & Spencers को कमिज र हरिमान भाइको संझना – दिनेश सुब्बा

प्रकाशित मिति
0
123

image

“कहिल्यै सुर्य नअस्ताउने त्यो आकाशमा

एउटा तारा तिमी अस्तायोै
काँध हाल्न सकेन त्यो आकाशले
फगत त्यो धरतीको के कुरा
त्यै धरतीमै चिर निन्द्रामा निदायोै ।”

“दाई नानीहरुको education को लागी राम्रै छ UK तर कमाईको हिसाबमा हो भने Hong Kong जस्तो ठाँउ अन्य ठाँउ छैन । अब हेरोै नानीहरुलाई ठेकान लगाएर यतै आउनु पर्छ होला”—भलाकुसारी भएको थियो यस्तै मेरो डेरामा आजभन्दा ५-६ महिना अघि मात्र भाइ हरिमान गुरुङ सित ।

 

हङकङ आउँदा मलाई नभेटी नजानुको पछि एउटै मात्र कारण थियो संगीत र यसको माध्यमले दिएको घनिष्ठता। मैलै उनको तीनवटा रचनामा संगीत भरेको छु र यी गीतहरुनै उनलाई अनन्त सम्झने एउटा माध्यम बन्यो अब ।

आज एका बिहानै अनिताले हरिमान भाइ त खसेछ भनेर मलाई भन्दा नभन्दै राजु गुरुङको SMS ले उनको असामायिक मृत्युबारे जानकारी दिईसकेको थियो ।तर मैले मान्न चाहीन यो साँचो हो भनेर ।तर युके बाट पुष्टिको साथ उनको मृत्युबारे समााचार सम्प्रेषण भएपछि बिश्वास गर्न कर लाग्यो कि उनि अब सदालाई यो संसार बाट बिदा भइसकेको छ ।
लामो समय हङकङ बसेर दरो अनुभाव बटुलेपछि युके को बसाई क्रममा मात्र यी अनुभावलाई राम्ररी प्रस्फुटन गर्न पाउदा नपाऊदै नियतिले नमिठो चाल चलिदियो । बहिनी गंगा गुरुङले मलाई परिचय गराईदिनु भयो उनिसित । गंगा गुरुङ म सित संगीत सिक्न थाले पनि लेखनमा उनको दम थियो ।पछि गएर कबिता संग्रह निकालेर नेपालमानै सधेैको लागी बस्न थालिन। गंगालाई यसरी कलाक्षेत्रमा मार्गनिर्देशन गर्ने हरिमानको ठुलो योगदान रहेकोछ ।युके बाट प्राय फोन गरेर त्यंहाको जानकारी दिनुहुन्थियो भने म बाट विशेष हङकंङको संगीतबारे बुझ्न चाहानु हुन्थ्यो । गीतलेखनमा रुची राख्नु उनको प्राथमिकतामा पर्दथ्यो भने गायनमा पनि रुचि रहेको पछि मात्र थाहा भयो । युकेको धेरै कार्यक्रमहरुमा उनको सक्रियता बाक्लो देखिन्थ्यो । फोटो पत्रकारितामा उनले निरन्तर काम गर्दै आईरहेका थिए भने भिडियो निर्माण,मोडलिङ लगायतका बिबिध बिधामा उनले आफ्नो बहुप्रतिभालाई दिनानुदिन निखार्दै लगिराखेका थिए ।
‘लाएको माया “ गीति सङगालोमा मैले उनको तीनवटा गीतमा संगीत भरेको छु । र यस अल्बमको titile song लगायत अन्य गीतको recording दुख सुख मेरै हातबाट भएको थियो । साथेै मेरै मार्फत गणेश पराजुलीलाई एउटा संगीत भर्न लगाई स्वरुप आचर्यलाई गीत गाउन मैले लगाएँको थिए र जुन गीत को arrangement मैलै नै गरेको हुँ । गंगा गुरुङलाई दोहोरी गीत गाउन लगाउने उनको ईच्छाअनुसार मैले नै arrangement गरिदिएँ तर त्यो गीत गंगा गुरुङ नेपाल गएपछि त्यतिकै थयो ।

हाम्रो अन्तिम भेटमा मैले यो बारे सोद्धा रिकड भईसकेको बताउनु भयो ।उदय सोताङसित काम गर्ने  उनको चाहानालाई म नेपाल गएर उदयलाई भेटि पुरा गरिदिएँ । यो अन्तिम भेट रहेछ सदाझै कोसेली बोकेर आउनु भयो मेरो डेरामा । Mark & Spencers को कमेज ल्याइदिनुभएको रहेछ । तर फारो गरेर लगाउला भनेर जस्तो दिनु भयो त्यस्तै दराजमा राखेको छु । उनको दुखद समाचार पछि एकपल्ट मनले मानी नमामी हेरेँ ,चित्तबुझाउने आधार त थिएन तर यो भयानक सत्यलाई नमानी भरै छैन । सबैको बाटो त्यहि हो तर भाई हरिमानको भौतिक शरिर हामी माझ छैन, छ त उनको कला सृजना जुन अजम्बरी रहिरहने छ सदा सदालाई ।यसैले नै कला सृजनालाई ईश्वरको देन भनेको होला ।

दिनेश सुब्बा संगीतबध्द सुनिता हिराचनको स्वर भएको हरिमानको गीत:

गणेश पराजुली संगीतबध्द हरिमान गुरुङको गीत:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here