ifc mall मा सरकार पक्ष र सरकार विरोधी गीत गाउँदै बाझे..

प्रकाशित मिति
0
1123

आज दिउँसो १ बजे आइ एफ सी मल मा बेइजिङ समर्थकहरु लगभग सयको संख्यामा भेला भएर चिनियाँ राष्ट्र गान र देश भक्ति गीतहरु गाए । उनीहरुले चीन र हङकङको झन्डा फहराउँदै “हङकङ इज चाइना” “वि सपोर्ट हङकङ पुलिस” भनेर नारा लाएका थिए ।

त्यसको प्रतिक्रिया स्वरुप सरकार विरोधीहरु भेला भएर “लिबरेट हङकङ, रिभोल्युसन अफ आउर टाइम्स “भन्दै नारा लाउँदै हाल आन्दोलनकारीहरुको समूह गान बनेको “ग्लोरी टु हङकङ” गाएका थिए ।

दुई खेमाबीच गीत गाउने प्रतियोगिता चल्नुको साथै बाझाबाझको स्थिति भए पनि दुवै पक्ष शान्तिपूर्वक आ-आफ्नो काममा फर्किए । आ-आफ्नो धारणा यसरी दोहोरी जस्तो या अचेलको र्‍याप ब्याटल जस्तो गीतबाट वादविवाद गरेर राख्नु, कसैले कसैमाथि बल प्रयोग नगर्नू नि भने जस्तो लाग्छ । तर आन्दोलनकारी सरकारले शान्तिपूर्ण आन्दोलनलाई बेवास्ता गरेर हिंसात्मक तोडफोडमा उत्रिनु परेको बताउँछन् भने हिंसात्मक आन्दोलन रोक्न बलप्रयोग गर्न बाध्य भएको सरकारले बताउँछ ।

सरकारले हालसम्म ५ माग मध्ये १ माग पूरा गरे पनि आन्दोलन जारी रहेको छ , आन्दोलनकारीले निम्न कार्यक्रम प्रचार गरिरहेका छन् । सुपारी फुटाएको ठाउँमा गए १ कुड्की पाइन्छ रे, भीडन्त भएको ठाउँमा गए १ मुड्की पाइन्छ रे । अब कता जाने कता नजाने तपाईं आफै विचार गर्नुस् है!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here