HKDSE को परीक्षाफल आयो है

प्रकाशित मिति
0
699

हङकङको डिप्लोमा अफ सेकेन्डरी को परीक्षाफल प्रकाशित भएको छ ।

नेपालको १२ कक्षा सरहको यस परीक्षामा ७ वटा विषयमै 5** स्कोर प्राप्त गरेर १२ जनाले पर्फेक्ट स्कोर ल्याएका छन् ,जस मध्ये ९ किशोर रहेका छन भने ३ जना किशोरी रहेका छन् । अतिरिक्त विषय गणितमा समेत गरी ८ वटै विषयमा सर्वोत्कृष्ट स्कोर प्राप्त गरेर पर्फेक्ट स्कोर ल्याउने को संख्या ६ जना रहेको छ ।

गणित, अंग्रेजी, चाइनिज र लिबरल स्टडिज् गरी ४ अनिवार्य विषय र ३ ऐच्छिक विषय लिन पर्ने यस परीक्षामा ७ ग्रेड हुन्छन् , ती हुन्- 1,2,3,4,5,5,5* । युनिभर्सिटीमा आवेदन दिन न्युनतम योग्यता अंग्रेजी र चाइनिजमा कम्तिमा 3 हुनुपर्ने र गणित र लिबरल स्टडिजमा कम्तिमा 2 हुनुपर्ने ब्यवस्था रहेको छ ।

५७ ,१५९ जना ले परीक्षा दिएकोमा ४२.१% अर्थात १९,६७६, जनाले सरकारी सहुलियतको कोटामा विश्वविद्यालयको ढोका ढकढक्याउन पाउने भएका छन् तर त्यस मध्येमा पनि केवल १५ हजारको लागि मात्रै स्थानिय ८ विश्वविद्यालयमा सीट रहेको छ।

अरुले एसोसियट डिग्रीको लागि Vocational Training Centre (VTC) को ढोका घच्घच्याउनु पर्ने हुन सक्छ।

तपाईंका नानी बाबुहरुले पनि यो परीक्षामा सहभागी भएर उत्तीर्ण गरेको भए हार्दिक बधाई छ, युनिभर्सिटीमा सीट मिलोस् र कारणवश राम्रो अंक नल्याएका भए पनि वैकल्पिक विश्वविद्यालय वा एसोसियट डिग्रीको लागि VTC तिर भर्ना गरे राम्रै होला, जसरी पनि उच्च शिक्षातर्फ धकेल्नुमा नै विवेकशील निर्णय हुनेछ , हगि?

फलामे ढोका hkdse परीक्षाको बारेमा तलको भिडियोबाट जानकारी लिनुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here