Bonjour लाई ४० मिलियन डलर ठगेको आरोपमा सजाय..

प्रकाशित मिति
0
136
बाबु
छोरा

 

हङकङको विख्यात कस्मेटिक दोकान बोन्जरलाई ४० मिलियन डलर भन्दा बढी ठगेको आरोपमा एक परिवारका ३ सदस्यलाई जम्मा साढे २४ सालको कैद सजाय दिइएको छ ।

हिंजो बुधबार हाइ कोर्टले आरोपित ६४ वर्षीया महिला किउ मेइ लिङलाई ११ साल, उनको ७० वर्षे पतिलाई साढे ६ साल र ४१ वर्षे छोरालाई ७ सालको कैद सुनाएको हो ।
सन २००४ मा महिला किउ बोन्जरको ह्युमन रिसोर्समा काम गर्न १५ हजार तलबमा नियुक्त भएकी थिइन् भने उनको छोरा क्लर्कमा ७ हजार डलरको तलबमा भर्ना गरिएका थिए ।
आमा छोरा भएर फर्जी स्टाफ नामावली तैयार पारी कम्पनीको पैसा आफ्नो परिवारको एकाउन्टमा ७ वर्षसम्म ट्रान्सफर गरेका थिए ।

सन २०११ मा एक नयाँ भर्ना गरिएका भनिएका कर्मचारीलाई अस्वाभाविक धेरै तलब दिइएको देखेर मेनेजरले शंका लागि जाँच गर्दा ३५ जना फर्जी नाम कामदारको रुपमा दर्ता गराई ४० मिलियन डलर भन्दा बेसी उनीहरुले ठगी गरेको खुलेको थियो ।

बोन्जरले हामी सर्वसाधारणलाई चुना लगारइहेको बेलामा बोन्जर जस्तो कर्पोरेटलाई चुना लाउन सक्ने महिलाको बुध्दिलाई त मान्नैपर्छ तर अलि लालच बढी भएर भाँडै फुटेछ, हगि?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here