८२ वर्षे ड्राइभिङ प्रशिक्षकले पैदल यात्रु मारे…

एक ८२ वर्षे ड्राइभिङ प्रशिक्षकले चलाएको भ्यानले ठक्कर दिएर याउ तोङमा दुई जना ब्यक्तिलाई किच्दा एकको मृत्यु भएको छ ।

हिंजो बिहिबार दिउँसो चाको लिङ रोडमा ओरालो गुडेको ट्रकले रोकिरहेको कारलाई ठक्कर दिँदै, रोड ब्यारियर पल्टाउँदै दुई जना पैदल यात्रीलाई किचेको बताइन्छ । घाइतेँहरु ४६ र ५३ वर्षका थिए, उनीहरुलाई कुन्तोङको युनाइटेड क्रिश्चियन अस्पताल लगिएकोमा ५३ वर्षे ब्यक्तिको मृत्यु भएको बताइन्छ ।

८२ वर्षे ड्राइभरलाई खासै चोट पटक नलागेको बताइन्छ, उनले आफूलाई अचानक बिसन्चो भएकोले दुर्घटना भएको बताइन्छ ।

युवा जनशक्तिको अभावमा हङकङमा धेरै उमेर खाएका पाका ड्राइभरहरु पनि स्टिरिङ व्हिलमा बसेका देखिन्छन्, उनीहरुको रहर हो कि बाध्यता हो कुन्नि तर आँखा-कानहरु बन्द हुन थाल्ने उमेरमा ड्राइभिङ गर्दा आफ्नो र अर्काको ज्यान जोखिममा पर्छ नै । ‘बुढा ड्राइभरको मात्रा यमपुरीको जात्रा’ भइहाल्छ नि, हगि?

Leave a Reply

Your email address will not be published. Required fields are marked *