६ तलाबाट लिफ्ट खस्यो…

प्रकाशित मिति
0
139

mei lam estate

हिंजो साँझ सवा ५ बजे शातिनको मेइ लाम स्टेटको यात सिङ हाउसमा रहेको लिफ्ट माथि जानुपर्नेमा एक्कासि तलतिर खस्यो । लिफ्टमा एक ५५ वर्षे चिनियाँ महिला र ३८ वर्षे फिलिपिना घरेलु कामदार चढेका थिए । चिनियाँ महिला ली का अनुसार लिफ्टमा सवार उनीहरु एक आपसमा अपरिचित हुन र लिफ्ट १५ तलातिर जाँदै थियो तर छैटौं तलामा पुगेपछि माथि जाँदै गरेको लिफ्ट एक्कासि भूँइतिर हान्नियो । भूइँ तलामा पुगेपछि लिफ्ट केहीबेर थचारियो, दुवै महिला पछारिए भने लिफ्टको रेलिङ बेस्सरी समातेर आफूलाई जोगाए ।

थुनिएका उनीहरुले इमर्जेन्सी बटन दबाएपछि फायर फाइटरले लिफ्टको ढोका बलपूर्वक खोलेर उनीहरुलाई उध्दार गरे । चिनियाँ महिला सकुशल रहे पनि फिलिपिना महिलाको खुट्टा मर्किएकोले अस्पताल भर्ना गरिएको छ ।

इलेक्ट्रिकल एन्ड मेकानिकल सर्भिस डिपार्टमेन्टले लिफ्टको सस्पेन्सन् रोपमा केही गडबडी नभएको तर सिग्नलिङ फल्ट भएकोले उक्त घटना भएको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here