६० डलरको औंषधीलाई ५० हजार डलर!

प्रकाशित मिति
0
23

hk pharmacy

६० डलरको औंषधीलाई क्रेडिट कार्डमा तपाईंलाई ५० हजार डलर चार्ज गरेपछि कस्तो लाग्ला? हङकङ जस्तो शहरमा कसरी यस्तो होला?तर मङ्कोकको एक औंषधी दोकानबाट दुई बोतल फ्रेन्च पेपरमिन्ट औंषधी रिकल्स किन्दा एक ग्राहकले यस्तै ठगीको सामना गर्नुपर्‍यो ।
चीनकी एक पर्यटक महिलाले पाचनको लागि प्रयोग हुने उक्त औंषधी अरु दोकानमा भन्दा सस्तो ६० साइ योङ चोइ स्ट्रिटमा अवस्थित दोकानमा पाइन् ।त्यहाँ दुई बोतालको मूल्य ६० डलर रहेछ । उनले नगदमा रकम तिर्न खोज्दा दोकानेले क्रेडिट कार्ड प्रयोग गर्न उनलाई प्रेरित गरे । उनले क्रेडिट कार्ड दिएर बिल पनि लिइन् , बिल सानो अक्षरमा अस्पष्ट थियो । तर पछि चेक गर्दा दोकानले उनको क्रेडिट कार्डबाट ५० हजार डलर तानेको पाइन् ।

 

उनले तुरुन्तै प्रहरीलाई रिपोर्ट गरेपछि प्रहरीले दोकानका ३ कामदार सहित बिल र औंषधी नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here