५ वर्षे बालक इन्फ्ल्युन्जाको शिकार…

प्रकाशित मिति
0
159
Anchors Kindergarten (Fanling)

५ वर्षका किन्डरगार्डेन विद्यार्थी यो सालको सिजनल फ्लुको शिकार हुने दोस्रो बालबालिकामा परेका छन् । यस अघि ३ वर्षे बालिकाको मृत्यु भइसकेको छ।

हिजो ११ बजे राति अस्पतालको इमर्जेन्सी पुर्‍याइएका बालक लाई ज्वरो आउनुको साथै बान्ता भइरहेको थियो । उनलाई इन्फ्लयुन्जा बी को भाइरसले शिकार बनाएको जाँचमा पत्ता लागेको बताइन्छ । आज बिहान ६ बजे उनको निधन भयो ।

उनी फान्लिङ स्थित एङ्कोर किन्डर्गाडेनमा पढिरहेका थिए, उनको निधनको खबर पाएपछि स्कूल सरसफाईको लागि १ हप्ताको लागि बन्द गरिएको छ ।

यो जाडो सिजनमा ८८ जनालाई इन्फ्लुयन्जा भएकोमा ४६ जनाको मृत्यु भएको बताइन्छ । यस रोग बाट बच्न विशेष गरी कमजोर स्वास्थ स्थिति भएका र ६ महिना देखि ६ वर्ष सम्मका बालबालिका र ५० वर्ष नाघेका ब्यक्तिहरुलाई सूई लाउन सेन्टर फर हेल्थ प्रोटेक्सनले सिफारिस गरेको छ ।

यो खतरनाक रोगबाट बच्न जाडोको मौसममा खोप लिने गरौं, रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनू नै उत्तम होला, हगि?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here