५ औं महिनामा हङकङको आन्दोलन…

प्रकाशित मिति
0
634

हाल हङकङमा आन्दोलनमा प्रत्यक्ष सहभागी भएर सडकमा ओर्लिनेको संख्यामा गिरावट आएको छ तर आन्दोलनको रुप हिंसात्मक भएको छ ।

हिंजो काउलुन पार्क छेउको पार्क लेनमा दिउँसो ४ बजे भेला भएका आन्दोलनकारीहरुले आन्दोलनको गीत गाउँदै प्रदर्शन गरिरहेको बेला विवाद गर्ने एक मेनल्यान्डर महिलालाई आन्दोलनकारीहरुले कालो स्प्रे गरिदिएका छन् । भीडसँग बहस गर्न उत्रेकी महिलालाई एक कालो वस्त्रधारी ब्यक्तिले अनुहारमा स्प्रे गरिदिए पछि उनी बेहोस भएर ढलेको बताइन्छ ।

त्यस्तै मंकोकमा तोडफोड र आगजनीमा उत्रेका आन्दोलनकारीहरुले साँझ ९ बजेतिर एक आन्दोलन विरोधी ब्यक्तिलाई कुटपिट गर्दै नाङ्गै बनाएको बताइन्छ ।

कज् वे बे मा हिंजो करीब १ हजारको संख्यामा आन्दोलनकारीहरुले जुलुस प्रदर्शनमा भाग लिँदा प्रहरीसँग झडप गरेका थिए, उनीहरुले वान्चाईमा रहेको चिनियाँ सरकारी संचार संस्था सिन्ह्वाको कार्यालय स्थित बिल्डिङ तोडफोड गरिदिएका छन् ।

हङकङ प्रमुख क्यारी लाम मंगलबार राति बेइजिङको लागि उड्दैछिन् , उनले बुधबार उप प्रधानमन्त्री हान जेङसँग भेटवार्ता गर्नेछिन् । जुनमा आन्दोलनको सुरुवातपछि उनी पहिलो पटक उप प्रधानमन्त्रीसँग भेट्दैछिन् । चीनको कम्युनिष्ट पार्टीको बैठकले हङकङबारे निर्णय गर्दै राष्ट्रिय सुरक्षा अक्षुण्ण राख्नको लागि वैधानिक तवरले समस्या समाधान गर्ने बताएको थियो । पाँचौं महिनामा चलिरहेको आन्दोलनलाई खत्तम गर्न क्यारी लामलाई केन्द्र सरकारले ठोस निर्देशन देला त? त्यो बिस्तारै थाहै होला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here