३ आन्दोलनकारी नेता पक्राउ, २ माथि हमला…

प्रकाशित मिति
0
591

लोकतन्त्र पक्षधर पार्टी डेमोसिस्टोका २ र पृथकतावादी नेशनल पार्टीका १ युवा नेता पक्राउ परेको समाचार छ ।

एग्नेस चाउ लाई आज बिहान ताइ पो स्थित उनकै घरबाट पक्राउ गरी वान्चाई पुलिस स्टेसन लगिएको बताइन्छ भने त्यस अघि नै बिहान साढे ७ बजे जोशुवा वोङलाई साउथ होराइजन एम टि आर स्टेसन जाने क्रममा पक्राउ गरी लगिएको बताइन्छ । उनीहरुलाई गैरकानुनी रुपमा भेलामा संग्लन भएको अभियोग लगाइएको बताइन्छ । वोङलाई ७९ दिने २०१४ सालको अकुपाई सेन्ट्रल आन्दोलनको लागि ६ महिना कैद सजाय दिइएको थियो ।

हिंजो बिहिबार राति पृथकतावादी नेता एन्डी चानलाई एयरपोर्टबाट प्लेन चढ्न नदिई पक्राउ गरिएको छ , उनलाई पुलिसमाथि दुर्ब्यवहार गरेको अभियोग लगाइएको छ । उनी हङकङ नेशनल पार्टीका सहसंस्थापक हुन् ।

हिंजो २ नेताहरुमाथि सांघातिक हमला भएका छन् , जोर्डनमा खाना खाइरहेको बेला Civil Human Rights Front का संयोजक जिमी शाम र ताइ पो मा मिडियालाई अन्तर्वार्ता दिइरहेको बेलामा गत जुलाईको आन्दोलनको आव्हानकर्ता म्याक्स चुङ माथि हमला भएका थिए ।

चलिरहेको आन्दोलनका शीर्ष नेता मानिएका नेताहरुको पक्राउ र उनीहरु माथिको हमलाले त्रास सृजना गरी हङकङमा चलिरहेको आन्दोलनलाई मत्थर पार्न सकिन्छ भन्ने सरकारको दाउ होला । कतै यसले झन् आगोमा घिउ थपे जस्तो पो हुने हो कि?

एन्डी चान
म्याक्स चुङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here