३० औं तियानमेन स्क्वायर काण्डको स्मृति

प्रकाशित मिति
0
534

सन १९९० देखि जुन ४ तारीखको साँझ हजारौंको संख्यामा प्रदर्शनकारीहरु भेला भएर हङकङको भिक्टोरिया पार्कमा दीप प्रज्वलन गर्दै १९८९ मा तियानमेन स्क्वायरमा घटेको घटनाको स्मरण गर्दछन् ।
हिंजो साँझ १ लाख ८० हजार सहभागी भएको आयोजकले दाबी गरेका छन् भने पुलिसले सहभागी संख्या ३७ हजार मात्रै रहेको बताएको छ । आयोजक The Hong Kong Alliance in Support of Patriotic Democratic Movements of China को तर्फबाट बोल्दै अध्यक्ष अल्बर्ट हो ले तानशाहीको विरोध नगरे हामी पनि तानशाहको गोटी बन्ने बताए । हङकङ सरकारले चीनको इशारामा अपराधी सुपुर्दगी कानुन ल्याउन लागेको भन्दै धेरै हङकङे नागरिक यस कार्यक्रममा सहभागी भएको आयोजकको भनाइँ रहेको छ । आयोजक संस्थाले ‘जुन ४’ नामक
म्युजियम मंकोकमा संचालन गरिरहेको छ ।

१९८९ मा तियानमेन स्क्वायरमा के भएको थियो ?

१० अप्रिल १९८९ मा लाखभन्दा बढी प्रदर्शनकारी स्वतन्त्रताको माग गर्दै तियानमेन स्क्वायरमा भेला भएका थिए । चीनको वामपन्थी शासनको इतिहासमा भएको यो सबैभन्दा ठूलो प्रदर्शन मानिन्छ । यो आन्दोलन ६ हप्तासम्म चलेको थियो । तत्कालीन समयमा सोभियत संघ ढल्ने अवस्थामा पुगेर संसारभर कम्युनिस्टहरुको पकड गुम्दै गएका बेला चीनमा पनि कम्युनिस्ट सरकारविरुद्ध प्रदर्शन भए पनि त्यसले सफलता पाउन सकेन ।

उनीहरुले कम्युनिस्ट शासनको अन्त्य र लोकतन्त्रको माग गरेका थिए । सो आन्दोलन देशका अत्य सहर र विश्वविद्यालयमा समेत फैलिएको थियो । आन्दोलनका क्रममा उनीहरुले बढ्दो महँगी र कम तलबलगायतका विषयसमेत उठाएका थिए ।

३ जुनको राति सुरक्षा फौज ट्यांकरसहित तियानमेन स्क्वायर पुग्यो र त्यहाँ आन्दोलनकारीमाथि दमन गर्दा करिब १ हजारको संख्यामा मानिसहरु मारिए भने थुप्रै घाइते भएका थिए ।
चीन सरकारले यो घटनामा कोही नमारिएको बताएको थियो । यो घटनाको स्मरणमा कुनै कार्यक्रम पनि गरिँदैन । हरेक वर्षको ४ जुनले यो घटनाका पीडितहरुको घाउ चर्काउने गर्छ ।

चीन सरकारले सो घटनालाई कहिल्यै पनि आधिकारिक मान्यता दिएन र यसबारे सार्वजनिक रुपमा केही बताउने गरेको छैन । यो घटनालाई चीनमा कतै दस्तावेजीकरण गरेको पनि पाइँदैन ।
तर, चीनका रक्षामन्त्रीले विरलै हालै पहिलो पटक सार्वजनिक अभिव्यक्ति दिँदै सरकारको बचाउ गरेका छन् । रक्षामन्त्री तथा सैनिक जनरल वेई फेङ्गेले एक क्षेत्रीय सुरक्षा सम्मेलनका क्रममा त्यसबेला बढ्दो अशान्ति रोक्न तत्कालीन सरकारले अपनाएको नीति सही भएको बताएका छन् ।

‘आज पनि मानिसहरु किन ३० वर्षअघि फर्किन्छन्, यो समयमा वामपन्थी पार्टीको नेतृत्वमा चीनमा ठूलो परिवर्तन आयो, स्थिरता र विकासको मार्गमा अघि बढेको छ,’ रक्षामन्त्री वेई फेङगले सिंगापुरमा भएको व्यापार र सुरक्षासम्बन्धी क्षेत्रीय मञ्चमा भने, ‘तपाईंहरुलाई ४ जुनको घटना सम्हालेर देशमा स्थिरता कायम गर्नु चीन सकारको गल्ती थियो जस्तो लाग्छ ? सरकारले अशान्ति रोक्नका लागि निर्णायक कदम उठायो, यो सही नीति थियो ।’

नेपालमा पनि अचेल समृध्दिको नारा छ, फेरि प्रेस स्वतन्त्रता हनन भयो भन्ने आवाज पनि छ, यो समृध्दि र स्वतन्त्रता भन्ने चैं एकैचोटि प्राप्त गर्न नसकिने रहेछ कि कसो, हगि?

१९८९ मा तियानमेन स्क्वायरमा घटेको घटनाको भिडियो फुटेज –

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here