२३ तल्लाबाट बालक खस्यो..

प्रकाशित मिति
0
53

hang_yip_house

चिङ ई को चेङ हाङ स्टेटको २३ औं तलामा रहेको अपार्टमेन्टबाट खसेर एक १० वर्षे बालकको मृत्यु भएको समाचार छ ।
हिंजो साँझ ६ बजेतिर करीडोरमा खेल्दै गरेका उक्त बालक आधा खुल्ला गरेको राखेको झ्यालबाट खसेका थिए ।
भूँइतलाको छानोमा खसेका बालकलाई एम्बुलेन्समा यान चाई अस्पताल लगिए पनि बचाउन सकिएन ।
लापर्वाही गरेको आरोपमा ५५ वर्षे बालककी हजूर आमालाई पक्राउ गरिएको ओरियन्टल डेलीले जनाएकोछ ।

झ्यालबाट बालबालिका खस्ने घटना नौलो होइन, यसै सन्दर्भमा हङकङका नेपाली कवि हाङयुगले गीत लेखेका छन् ,
“झ्याल खोली मनको चरा आकाशमा उड्दा
कोपिला त्यो फूल जस्तै धर्तीमा खस्यो”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here