१५ मार्च देखि २६ सम्म फूल-मेला

0
5

भोलि शुक्ररबार देखि हङकङको कज वे बे स्थित भिक्टोरिया पार्कमा लिजर एन्ड कल्चरल सर्भिसेज डिपार्टमेन्टको आयोजनामा फूलको मेला लाग्नेछ ।
१५ मार्चदेखि  २६ तारीख सम्म चल्ने यस मेला बिहान ९ बजेदेखि राति ९ बजेसम्म खुल्नेछ ।

वयस्कको लागि १४ र बालबालिका -विद्यार्थीहरुको लागि ७ डलर प्रवेश शुल्क रहेको यस मेलामा ६० भन्दा बढि उमेरका प्रौढ र अशक्तहरुको लागि (१ जना सहायकसहित) नि:शुल्क प्रवेशको ब्यवस्था रहनेछ ।

फूलको बीउ, बिरुवा किन्न सकिने यस मेलामा शैक्षिकका साथै मनोरञ्जनात्मक विविध कार्यक्रमको साथै सांगीतिक प्रस्तुति पनि रहने बताइन्छ ।

आ.. मरी लानु के छ र? फुर्सद निकालेर सपरिवार वा साथीसँगी सँग फूलको मेला जानुस्, फूलसँग दाँजिएर सेल्फी खिचेर फेसबुकमा लाउनुहोस्, हत्तेरीलाई ट्याग गर्नुस्, हत्तेरीले खुसीसाथ लाइक गर्नेछ है!

यो सालको विशेष फूल भने यो फूल रे, यसको नाम के पो हो?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here