१२ दिनपछि पुलिस युनिभर्सिटीमा प्रवेश, आन्दोलनकारी भाग्न सफल..

प्रकाशित मिति
0
2753

पोलिटेक्निक युनिभर्सिटी घेराउ गरेको १२ दिनपछि अन्ततः पुलिसले आज घेरा हटाएर युनिभर्सिटी प्रशासनलाई हस्तान्तरण गरेको छ । युनिभर्सिटी घेरेर बसेको पुलिसले हिंजो युनिभर्सिटी भित्र प्रवेश गरेको थियो , उनीहरुले प्रमाणको रुपमा २८० पेट्रोल बम, ३१८ ग्याँसका क्यान, २८ बोतल केमिकलका बोतल आदि बरामद गरेका थिए । तर उनीहरुले लगभग २० को संख्यामा लुकिरहेका भनिएका विद्यार्थीहरुलाई भेटेनन् , उनीहरु भूमिगत सुरुङबाट भाग्न सफल भएको अनुमान गरिएको छ ।

यस्तो मार्गबाट भागेको आन्दोलनकारीले रिलिज गरेको फोटो..

त्यहाँ पुलिससँग भीडन्त गरेर बसेका ११०० मध्ये ४६ जना मात्रै आफ्ना विद्यार्थी रहेको युनिभर्सिटीका अधिकारीहरुले बताएका छन् । पुलिस र आन्दोलनकारीको भीडन्तको शिकार आफ्नो युनिभर्सिटी बनेको उनीहरुले बताएका छन् । युनिभर्सिटीको काण्ड बिना कुनै ठूलो रक्तपात हल भएकोमा सर्वत्र सन्तोषको सास फेरिएको छ ।

जिल्ला परिषदको चुनाव र त्यसमा लोकतान्त्रिक पक्षको अत्याधिक विजयले केही दिन शान्ति बहाली भए पनि आन्दोलनकारीका माग ज्यूँ का त्यूँ रहेको भन्दै प्रदर्शनहरु सुरु हुन थालेका छन् । आज काउलुनको चेङ सा वान र हङकङको ताइकु र सेन्ट्रलमा सयौंका संख्यामा मानिसहरु भेला भएर प्रदर्शन गरे । उता थाइल्यान्डमा ब्यापारिक छलफल गर्न पुगेकी क्यारी लामले आफूले जनताको आवाज सुनेको बताइरहेकी छिन् भने यता जनता भने यो सप्ताहान्त फेरि आन्दोलनमय बनाउन लाग्ने अनुमान गरिएको छ , सोमबार बिहान ट्राफिक जाम गर्ने कार्यक्रम पनि रहेको छ ।

ताइकुमा आज प्रदर्शनकारी र दंगा प्रहरीहरु!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here