हुङहोमको पोलिटेक प्रहरीको घेराउमा.. दोहोरो भीडन्त जारी

प्रकाशित मिति
0
2189

हुङहोम स्थित पोलिटेक्निक युनिभर्सिटी आन्दोलनकारी र पुलिस बीच भीडन्तको थलो बन्न पुगेको छ । हिजो देखि चलेको भीडन्त आज बिहान पनि जारी रहेको बताइन्छ ।

सयौंको संख्यामा जम्मा भएका आन्दोलनकारीले ढुंगामुढा बर्साउनुको साथै आफैंले डिजाइन गरेका गुलेली , पेट्रोल बम र धनुकाँडको प्रयोग गरेको बताइन्छ । धनुकाँडले एक पुलिस जवानको खुट्टामा लागेको बताइन्छ । उनको खुट्टाको काँड शल्यक्रिया गरि निकालिएको बताइन्छ । युनिभर्सिटीको छिमेकमा रहेको हङकङ म्युजियमबाट पुलिसको तर्फबाट दर्जनौं राउन्ड टियर ग्यासको साथै गोली प्रहार भएको बताइन्छ । नम्बर प्लेट बिनाको गाडी आफूहरू तर्फ हुँइकिएर आएपछि २ राउन्ड गोली प्रहार गरेको उनीहरूको भनाइ रहेको छ । गोली प्रहार हुन थाले पछि उक्त गाडी भागेको बताइन्छ ।

आन्दोलनकारीद्वारा हानिएको धनुकाँण प्रहरीको खुट्टामा

युनिभर्सिटी भित्र पस्नबाट रोक्न प्रवेश द्वार र आकाशे पुलहरुमा मा आन्दोलनकारीले आगजनी गरेको बताइन्छ । युनिभर्सिटीबाट निस्किएकालाई कडा जाँच गर्दै दर्जनौंलाई गिरफ्तार गरेको बताइन्छ । युनिभर्सिटीबाट निस्कन चाहनेहरुलाई निस्कनको लागि सहजकर्ताको भूमिका निर्वाह गर्न खोज्ने लोकतान्त्रिक पक्षधर नेताहरूको आग्रहलाई पुलिसले अस्वीकार गरेको छ।

धेरै नेपालीहरुको बसोबास रहेको याउ मा तेइ र जोर्डन क्षेत्र पनि प्रभावित बन्न पुगेको छ । आन्दोलन कारीद्वारा मेनल्यान्ड चिनियाँ स्वामित्वका ब्यवसायहरु तारो बनाउँदै नाथन रोड जाम गर्ने कार्यहरु गरिरहेको बताइन्छ ।

ठाउँ ठाउँमा बेइजिङ समर्थक नेताहरूको अगुवाइमा सर्वसाधारणहरु परिचालन गरी सडक जाम गर्न राखिएका छेकाबारहरु हटाउने कामहरु भएका छन् । कतिपय ठाउँमा भने हटाउन खोज्ने र आन्दोलनकारी बीच झडप भएको समाचार छ । याउ मा तेइ , हुङ होम लगायत इस्ट रेल वे लाइनमा रेल सेवा स्थगित गरिएको छ । आज पनि विद्यालयहरु बन्द रहने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here