हुङहोमको पोलिटेक् युनिभर्सिटी भीडन्त तेस्रो दिनमा….

प्रकाशित मिति
0
3046


हुङहोमको पोलिटेक्निक युनिभर्सिटीको घेराबन्दी अब तेस्रो दिनमा उक्लेको छ ।

त्यहाँ घेराउ गरिएका आन्दोलनकारीहरुलाई बलपूर्वक छुटाउन हजारौंको संख्यामा आसपासका क्षेत्र जोर्डन याउ मा तेइ , चिम सा चुईमा जुलुस भए पनि पुलिसले भीडलाई सफल हुन दिएन ।

विधान परिषदका पूर्व सभामुख र हङकङ युनिभर्सिटीका प्राध्यापक दुई जना मध्यस्थाकर्ता लाई पुलिस सुरक्षा सहित युनिभर्सिटी घुस्न दिइयो र पत्रकार, स्वयंसेवक र घाइतेँहरुलाई उध्दार गरिएको बताइन्छ । केही दर्जन आन्दोलनकारी भने अँध्यारोको फाइदा उठाउँदै फुट ब्रिजबाट रस्सीको सहायतामा तल सडकमा ओर्लेर बाइकवाला सहयोगीहरुको मध्दतमा भाग्न सफल भएको बताइएको छ ।

घेराउमा परेका आन्दोलनकारीका अभिभावकहरुले इस्ट चिम सा चुईमा आफ्ना सन्तानको ज्यान सुरक्षाको लागि धर्नामा बसेका छन् । घेराउबाट आत्मसमर्पण गरी निस्केका ४ सय भन्दा धेरै जनालाई पक्राउ गरेको बताइन्छ तर घेराउमा परेका सयौं आन्दोलनकारी आत्मसमर्पण गर्ने मनस्थितिमा छैनन् ।

यसैबीच हङकङ प्रहरी प्रमुख ५८ वर्षे स्टेफेन लोको अवकाश हुँदैछ , आजै नयाँ प्रमुखको रुपमा ५४ वर्षका क्रिस टाङले सपथ लिने बताइन्छ ।

चाइनाले हङकङ मामिलामा हात बाँधेर नबस्ने प्रतिबद्धता दोहोराएको छ , तियनामेन स्क्वायर संझाउने यस पोलिटेक्निक घेराबन्दी नै चीनको हङकङमा प्रत्यक्ष हस्तक्षेपको कारण बन्ला त? हेर्दै जाऊँ , अहिले विश्वले हङकङलाई हेरिरहेका छन् ।



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here