हिंजोको हड्तालपछि…

प्रकाशित मिति
0
1404

सरकारले आज र भोलिको लागि एडमर्ल्टी स्थित सरकारी हेडक्वार्टर बन्द रहने बताएपछि आन्दोलनकारीहरु लाखापाखा लागेका छन् ।

एम टि आर को एडमर्ल्टी स्टेसन भने हाल पनि स्थगित रहेको छ भने प्रदर्शनकारीले शरण लिने गरेको प्यासिफिक प्लाजा पनि आज बन्द रहेको बताइन्छ ।
हिंजोको पुलिस र आन्दोलनकारीको भीडन्तमा पत्रकार सहित लगभग ७० जना घाइतेँ भएको बताइन्छ ।
विधान परिषद अध्यक्षले विधान परिषदको बैठक हाललाई स्थगित गरेका छन् भने कहिले हुने भन्ने बारे केही बताएका छैनन् ।

अमेरिकाले हङकङमा नागरिक हकको सुनिश्चितता नभए हङकङलाई दिँदै आएको ब्यापार सुविधा नदिने चेतावनी दिएको छ भने चीनले यो आफ्नो आन्तरिक मामिला भएकोले यसमा चुप बस्न मुख फर्काएको छ ।

कोही प्रहरीले अनावश्यक बल प्रयोग गरेको बताइरहेका छन् भने कोही विद्यार्थीले दंगा सुरु गरेको दाबी गरिरहेका छन् ।
कोही भने हिंजो गरिएका बिझ्याइँहरु सपार्न सर सफाईमा तल्लीन छन् ।
जे होस्, हङकङका आन्दोलनकारीहरु आफ्नो अधिकार प्रति सजग मात्रै होइन नागरिकको रुपमा पूरा गर्नुपर्ने दायित्व प्रति पनि सजग छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here