हामी कांग्रेस एमाले भन्दा पनि अझ सानो सानो कुरामा मन दुखाउने ‘ पिन्चे ‘ भयौँ – कुमार लिङ्देन “मिराक”

प्रकाशित मिति
0
118

kumar

लिम्बुवानमा १९८८ साल र २०१५ सालमा साच्चिकै एतिहासिक चुम्लुंग ( भेला ) भएको थिए छ :-महागुरु फाल्गुनन्द गुरु ज्यु को नेतृत्वमा भएको ८८ सालको भेला बारे त हामी अवगत नै थियौ | तर ०१५ सालको चुम्लुंग ( भेला ) बारे चाहि मलाइ थाहा थिएन |
अस्ति क्रन्तियोद्धा भू बिक्रम नेम्बांग ज्यु संगको भेटघाट मा उहाले ०१५ सालमा फेदेन को आम्बेपोजोक्मा मा भएको लिम्बुवानी भेलाको खुब स्मरण गर्नु भयो |हप्ता दिन चलेको त्यो भेला /छलफल , त्यत्रो भेला त मैले देखेकै थिइन भनेर नेम्बांग ज्यु ले भन्नु भयो |

हिजो हामी बयरबन हरकपुर जादा थिर बहादुर लावती ज्यु लाइ भेट्यौ ( उहा मेरो मावली बाजे स्व मान बहादुर लावतीको काका को छोरा हुनुहुन्छ , उमेर मा मेरो बाजे भन्दा निकै सानो भए पनि उहा मेरो बाजेको प्रिय भाइ भएकोले उहालाई सानै उमेर देखि आफु संगै घुमाउनु हुन्थ्यो ,)थिर बहादुर लावती ज्यु आफै पनि तिक्ष्ण दिमागको व्यक्ति भएकोले उहाले बिगतको चुम्लुंग हरुको सम्झना गर्नु भयो | ०१५ सालमा फेदेन मा चुम्लुंग हुनु भन्दा केहि महिना पहिले तेर्हथुम म्यान्ग्लुंग मा चुम्लुंग भएको थिएछ |त्यस पछी लगत्तै फेदेन चुम्लुंग भएको रहेछ |
उक्त चुम्लुंग मा थिर बहादुर ज्यु पनि उपस्थित हुनु भएको थिएछ ( उहा १४ बर्षको मात्र भएता पनि कसले के बोल्यो भन्ने सम्म पनि उहालाई अझै पनि थाहा रहेछ ) |८ दिन सम्म चलेको उक्त चुम्लुंग ( भेला ) यति भब्य थिएछ कि उहा भन्नु हुन्छ – अब फेरी लिम्बुवान मा त्यस्तो भेला हुदैन होला | दिन भरि सहभागी हरुले आ आफ्नो बिचार राख्थे रे बेलुकी आ आफ्नो डेरा वा अस्थाई गोठ मा गएर बस्थे रे र बिहान हुने बित्तिकै छलफल सुरु हुन्थ्यो रे |

उक्त १५ सालको चुम्लुंग मा सहभागी दुइ जना व्यक्ति हरु नेम्बांग ज्यु र थिर बहादुर लावती ज्यु लाइ भेट्दा र उहाहरुको सम्झना हरु सुन्दा त्यो चुम्लुंग साच्चिकै एतिहासिक थिए छ |उक्त चुम्लुंग ( भेला ) को छलफल को मुख्य एजेन्डा – ०१५ सालको अन्त्य र ०१६ सालको सुरु मा हुने पहिलो चुनाबमा सहभागी हुने कि नहुने | हुदा कसरि हुने ,नहुदा कसरि नहुने ? भन्ने नै थिए छ |कति चम्चे हरुले त्यहा भाषण नै गरेछन – यत्रो लोकतान्त्रिक चुनाब आउनु आटेको बेला हामीले लिम्बुवान को भाषा ,सस्कृति ,माटो को कुरा गर्दा चुनाब भाड़ीन्छ ,त्यसैले चुप बस्नु पर्छ ,पनि भनेछन |कतिले त्यसको त्यहि उत्तर दिएछन –
” लिम्बुवानको माटो र एतिहासिक अधिकार को कुरा गर्दा नै भाडिने कस्तो लोकतन्त्र हो ? हाम्रो अधिकार को कुराले लोकतन्त्र अझ मजबुत हुन्छ कि भाड़ीन्छ अरे ! ”

जेहोस ०१५ सालको त्यो चुम्लुंग ( भेला ) को बहस निकै चाखलाग्दो थियो होला |
इतिहासको विभिन्न कालखण्ड मा यति जिउदो जाग्दो लिम्बुवान ,पछी आधुनिक बादहरु – पुजिबाद र साम्यवाद आए पछी र ,पढेलेखेका भनाउदा हरुले आफ्नो समुदायहरुलाई आधार बनाउदै व्यक्तिगत करिअर निर्माण ,शक्ति ,कुर्सी र पैसा प्राप्तिमा आफ्नो समुदाय हरुको निर्दोष सपोर्ट ( innocent support ) लाइ भर्यांग बनाउन थाले पछी लिम्बुवानी जनताहरुको दुर्दिन सुरु भयो |( जस्तो सुबास हरुले आफुलाई कम्युनिस्ट भने – मान्छेको जात हुदैन भने ,जात को कुरा गर्नु साम्प्रदायिक हो भने तर कहिले सप्तरी मा गएर चुनाब लडेनन ,चुनाब लडने बेलामा तिनै सोझा सिधा जनतालाई तिम्रो र मेरो अनुहार र जात मिल्छ त भन्दै आए |

अर्कोतिर , हामी कांग्रेस एमाले भन्दा भिन्दै ,फरक ,लिम्बुवान हौ भन्यौ ,तर ,हामीले उनीहरु भन्दा आफुलाई खासै फरक देखाउन सकेनौ ,
ति कांग्रेस एमाले भन्दा पनि अझ सानो सानो कुरामा मन दुखाउने ‘ पिन्चे ‘ भयौ |लिम्बुवानको करिअर भन्दा पनि आफ्नो करिअर , सिंगो रास्ट्रिय राजनैतिक आन्दोलन मा लिम्बुवान को स्पेस भन्दा पनि मुना जस्तो भर्खर रोपेको पार्टी मा व्यक्तिहरुको स्पेस नै स्पेस को खोजि ले गर्दा इतिहासले सोचे जस्तो गति दिन वा लिन सकिएन |)

म त्यो दिन ,त्यो समय ,त्यो क्षण को सोचाइमा डुब्छु –

जहा – हामी भुमि पुत्रहरुलाई विभाजित गर्ने कथित आधुनिक दर्शन हरु पुजिबाद र साम्यवाद आउनु भन्दाको पहिलेको अवस्था ,
कथित आधुनिक करिअररिस्टिक चिन्तनहरू आउनु भन्दा पहिलेको अवस्था ,किनकि , कार्लमार्क्स र आदम स्मिथ को पुस्तक नपढेर पनि र त्रि बि बाट विभिन्न बिषयमा डिग्री हासी नगरेर पनि काङसोरे हरुले लिम्बुवान को लागि लडेकै थिए |
अझ ,त्यो लडाई कति चोखो र बलबान थियो ,किनकि ,त्यहा कुनै ” छलकपट ,छलछाम ,स्पेस को खोजाइ र म्याच फिक्सिंग match fixing ” थिएन |

लिम्बुवानी जनताहरु बिस्वस्त रहनुस ,
लिम्बुवान आन्दोलन जारि रहनेछ | जय लिम्बुवान ,संघीय अभिभादन |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here