हाङयुग अज्ञात हङकङ बाट पिरो स्वाद लिएर नेपाल जाँदै

प्रकाशित मिति
0
268

imageसिर्जनशील अराजकताको एक अभियन्ता तथा चाउचाउ साहित्यका प्रस्तुत कर्ता वरिष्ठ कवि हाङयुग अज्ञात हङकङको केही स्वाद ( कविता ) लिएर नेपाल जादैछन् ।

फिनीक्स बुक्सको आयोजनामा
मण्डला थिएटर काठमान्डौमा असोज ३ गते सोमबार उनको एकल कविता वाचन हुनेछ । उनका कविताहरु विशेष त हङकङ र पहिचान सम्वन्धि प्रस्तुत हुने र अन्य केही प्रेम कविताहरु पनि श्रोताहरुलाई चखाउने बताएका छन् ।

यस अघि करिब १० वर्ष पहिले गुरुकुलमा उनको एकल कविता वाचन भएको थियो । यो पाली भने नेपालका श्रोताहरुले पक्कै पनि केही फरक स्वाद लिनेछन् । तपाई कस्तो कविता सुनाउनु हुदैछ त ? भनेर हत्तेरीले सोध्दा , उनी भन्छन् – यो पाली श्रोताहरुले ‘पिरो’ स्वाद लिनेछन् ।

एकल कविता वाचन पछि, सिर्जनशील अराजकताका तिनै अभियन्ता उपन्यासकार राजन मुकारुङ, कथाकार उपेन्द्र सुब्बा , कवि हाङयुग अज्ञात सिर्जनशील अराजकताको कार्यक्रम लिएर दमक, इलाम हुँदै सिक्किमसम्म पुग्ने साथै सिर्जनशील अराजकता बारे कार्यपत्रहरू प्रस्तुत गर्ने, एवम हङकङको नेपाली गीत लेखन बारे एक गोष्ठी गरिने पनि कवि अज्ञातले बताएका छन् ।
उनको प्रकाशित किर्तीहरु – रंगीत आविष्कार’, ‘ढुंगामुढाको मन’, ‘करङको हिरासत’ होङकोङ
आधारातको तङ्सिङ् लगायत सातवटा कविता कृति प्रकाशित छन्, भने प्रकाशोन्मुख पुस्तकहरुको बारे प्रकाशकहरु सँग कुरा हुने उनले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here