हाङयुगले नेपाल गएर भने,”नेपाली साहित्यको संरचना नै मौलिक छैन”

प्रकाशित मिति
0
47

ha

हङकङमा बसेर नेपाली साहित्यलाई नेतृत्व दिइरहेका  सिर्जनशील अराजकताका अभियन्ता कवि हाङयुग अज्ञातले मन्डला थिएटरमा आफ्ना कविता र विचार सुनाए । सिर्जनशील अराजकताकै अर्का अभियन्ता उपन्यासकार राजन मुकारुङले हाङयुगको बहुचर्चित कविता ‘मेरो जोकास्टा आमाको समर्थनमा’ वाचन गरेर कार्यक्रमको सुरुवात गरेका थिए ।

कार्यक्रम संचालन गर्दै बसन्त बस्नेतले भने कवि हाङयुग अज्ञात वि.सं. २०६० सालमा पाँचथर र इलामको सिमाना राँके भञ्ज्याङमा ‘सिर्जनशील साहित्यकारहरूको नादङ’मा पहिलोपटक भेटेको र उनको विचारबाट आफू प्रभावित भएको बताएका थिए ।

कवि हाङयुगलाई पूर्व कुलपति वैरागी काइँला र फिनिक्स बुक्सका अध्यक्ष गणेश सुवेदीले खादा ओढाएर सम्मान गरेका थिए । साथै नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य शशि लुमुम्बूले पनि खादा ओढाएर स्वागत गरेका थिए ।

कवि हाङयुगले जम्मा ६ वटा कविता वाचन गरेका थिए । कविता मात्रै होइन, उनले कविता बारे आफ्ना विचारहरू पनि रोचक ढंगले प्रस्तुत गरेका थिए ।

उनले भने- ” नेपाली साहित्यको संरचना नै मौलिक छैन । गोपालप्रसाद रिमाल, बैरागी काइँला, श्रवण मुकारुङ जस्ता कविहरूका कविताको संरचना पाश्चात्य भएको र भानुभक्त, माधवप्रसाद घिमिरेहरूको छन्दको संरचना भारतीय भएको, अहिले लेखिदैं आएको हाइकू जापानी संरचना भएको । गजल पनि नेपाली संरचना होइन । पालाम, रिसिया, हाक्पारे जस्ता आदिवासीहरूको साहित्यको संरचनामा आधारित कविताले मात्रै मौलिक नेपाली कविताको संरचना बन्नेछ ।”

मन्तव्य दिदैं कुलपति बैरागी काइँलाले भने- “पचासको दशकमा चलेको पहिचानवादी आन्दोलन सिर्जनशील अराजकताका कविहरू राजन मुकारुङ, उपेन्द्र सुब्बा र हाङयुग अज्ञातले नेपाली कविताको नेतृत्व गरिरहेका छन् । उनीहरुको पछाडि धेरै कविहरू पहिचानवादी कविताहरू लेख्दै आइरहेका छन् ।”

कार्यक्रममा कवि आहुति, श्रवण मुकारुङ, भूपाल राई, विप्लव ढकाल साथै उन्मुक्त पुस्ताका कविहरू पनि उपस्थित थिए ।

 

ha2

तस्वीर: प्रिन्स याख्खा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here