“हाँस्न पनि छुट्टी लिनु नपरोस ! मस्त हाँस्नुस ! जे कानून लागे पनि”- उपेन्द्र सुब्बा

प्रकाशित मिति
0
103

upendra laugh

विदेशीहरुले नेपालमा आएर डेभिस फल, चार्ल्स टावर आदि नाम राखेर गए कवि उपेन्द्र सुब्बाको सम्मानमा हङकङको पिक डाँडालाई आफ्नो तर्फबाट उनका सहयोध्दा कवि हाङयुग अज्ञातले झाँक्री डाँडा नाम राखिदिए, विदेशीले मात्रै हाम्रो ठाउँको नाम राखेको स्वीकार हुने? यो दास मनोवृतिको विरोध स्वरुप पिकलाई झाँक्री डाँडा भनिदिए, छेवाङ लामा साक्षी बसिदिए । कुनै बेला एउटै थालमा भात खाएर नेपाली साहित्यमा एउटै विचार लिएर संघर्ष गरेका साथीसँग १२ वर्षपछि भेट्दा कवि मनमा उत्पन्न भएको भावुकता न हो!

अन्तत: ६ दिनको हङकङ बसाइँ(घुमाइ होला, बस्ने फुर्सद त कहाँ मिल्यो र) पछि कवि उपेन्द्र सुब्बा स्वदेश फिरे । समीक्षक समाजको निम्तो मानेर आएका सुब्बाको कविता वाचन अप्रिल ३ तारीख याउ मा तेइ को फ्रेन्डस् क्लबमा भयो, उनको प्रमुख आतिथ्यमा कवि मनु कन्दङवाको पहिलो कृति “बलिहाङ तङनाम:मेरो मानसपटलमा” विमोचन भयो । उनलाई हङकङ बिरानो लागेन रे, धरानकै देशी लाइन जस्तो लाग्यो रे , यहाँ उनले थुप्रै पुराना साथीहरु भेटेछन् , रेकर्ड चाहिँ २२ वर्ष अघिकी साथी तारा राई को नाममा गएछ ।

उनलाई माया र सम्मान गर्ने किरात याक्थुङ चुम्लुङ, पापोहाङ लाओती समाज, पान्थर समाज, आङदम्बे समाज, याक्थुम आर्टिस्ट सोसाइटी, संघीय समाजवादी फोरम आदि संघ संस्था र ब्यक्ति विशेष सबैलाई उनले संझे । र, हङकङवासी नेपालीलाई सन्देश के छ भन्दा “चिनाहरुले जस्तो हाँस्न नबिर्सिनू है, हाँस्न पनि छुट्टी लिनु नपरोस ! मस्त हाँस्नुस ! जे कानून लागे पनि, हेहेहे” भने ।

“हङकङबारे कविता लेख्नुहुन्छ कि? ” भन्दा उनले भने,”लेख्दिनँ, यहीँका कविहरु सक्षम छन् ।”

हङकङमा भाङग्रे डान्स गर्ने अवसर त दिनहुँ जुरेको हो तर उनले गरेको जानकारी पाइएन तर उनले फेसबुकमा लेखे जस्तो १०० तलामा बसेर अमेरिकानो खाने उनको रहर पुगेन किनकि, उक्त टावर हाललाई बन्द गरिएको रहेछ , । “इच्छाहरु सबै पुगे त मरिहालिन्छ नि, बाँच्नकै लागि भए पनि केही केही इच्छा अधुरो रहनुपर्छ ।”, उनले खेद प्रकट गरेनन् , फेरि भेट्ने आशा देखाएर बिदा भए।

upendra flight

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here