हप्ता दिनको शान्तिपछि आन्दोलनकारी फेरि सडकमा

प्रकाशित मिति
0
2076
पूरा भएको छैन ५ माग!

आज दिउँसो ३ बजेदेखि हजारौंको संख्यामा आज चिम सा चुईबाट सरकार विरोधी जुलुसमा संग्लन भए , हार्बर फ्रन्ट देखि हुङहोम सम्म पुलिसले जुलुस कार्यक्रमलाई स्वीकृति दिएको भए पनि सहभागीहरुले तोकिएको मार्गबाट छोडेर अन्यत्र फैलिएको भन्दै पुलिसले नीलो चेतावनीको ब्यानर देखाएको थियो । पुलिस र आन्दोलनकारीबीच भीडन्तको स्थिति बनेपछि पेपर स्प्रे, टियर ग्याँस प्रहार भएको थियो भने आन्दोलनकारीको तर्फबाट पनि ढुंगामुढा भएको थियो । जिम्मी शाम, लङ हेयर, जोशुवा वोङ आदि संग्लन नेताहरुले आन्दोलन के को लागि सुरु भएको थियो त्यो नभुल्न जनतालाई आग्रह गरेका थिए ।

आजै सयौंको संख्यामा सेन्ट्रलको च्याटर गार्डेनमा भेला भएका जनताले अमेरिका र डोनाल्ड ट्रम्पलाई धन्यवाद दिए । हङकङ मानव अधिकार र लोकतन्त्र कानुन पास गरेर अमेरिकाले हङकङ सरकारलाई दबाब दिन सहयोग गरेको भन्दै यसले एक राष्ट्र दुई नीतिलाई कायम राख्न मध्दत पुग्ने उनीहरुले बताए ।

हिंजो शनिबार प्रिन्स एडवार्ड र मंकोक क्षेत्र तनावग्रस्त रह्यो, आन्दोलनकारीहरुले चक्का जाम गर्ने क्रममा मंकोक स्टेसनको प्रवेशद्वारमा आगो लगाएको बताइन्छ । भीडन्तको क्रममा पुलिसले टियर ग्याँस प्रहार गरेको थियो । राति १ बजे ब्लक खोल्न तम्सेका एक ब्यक्तिलाई आन्दोलनकारीले ढलको ढक्कनले टाउकोमा प्रहार गरेर घाइतेँ बनाएको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here