हत्या होइन आत्महत्या!

प्रकाशित मिति
0
2215

युथ कलेज चुङ क्वान ओ मा अध्ययनरत १५ वर्षिया आन्दोलनकारी छात्रा चान इन लाम को मृत्युले निम्त्याएको चर्को बहसलाई शान्त पार्न मृतककी आमाले आज टि भी बि लाई अन्तर्वार्ता दिँदै आफ्नो छोरीले आत्महत्या गरेको जिकिर गरिन् । उनी मानसिक रोगी रहेको भन्दै उनको मृत्युलाई मुध्दा नबनाउन आन्दोलनकारीहरुलाई आग्रह गरेकी छिन् । कुनै पुरुष आवाजले उनीसँग कुरा गर्ने गरेको महशुस गरेर सुत्न नसकेको अनुभव बताएपछि उनको मानसिक जाँच पनि गरिएको उनले खोलिन् तर डाक्टरले उनी निरोगी भएको बताएको मृतककी आमाको भनाइँ रहेको छ ।

तोङ फुकको जेलमा आफ्नो ब्वाईफ्रेन्डलाई भेटेर फर्किँदा ट्याक्सी ड्राइभरसँग विवाद भएपछि मध्यस्थकर्ता पुलिसमाथि जाइ लागेकोले उनलाई जेल सजाय दिइएको पनि आमाले बताइन् । आन्दोलनमा सरिक भए पनि आन्दोलन हिंसात्मक हुन थालेपछि उनी संग्लन हुन छाडेको उनले बताएकी छिन् ।

उक्त घटनालाई आन्दोलनकारीहरुले भने षड्यन्त्रको रुपमा ब्याख्या गरिरहेको प्रति आफ्नो आपत्ति रहेको भन्दै आफ्नी छोरीको आत्माको शान्तिको कामना गरिन् ।
अब आमाले नै भनिसकेपछि सक्किगो नि त, होइन र?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here