हत्या कि आत्महत्या?

प्रकाशित मिति
0
3174

युथ कलेज चुङ क्वान ओ मा अध्ययनरत १५ वर्षिया आन्दोलनकारी छात्रा चान इन लाम १९ सेप्टेम्बरदेखि हराएकोमा उनको लास २२ सेप्टेम्बरमा चुङ् क्वान ओ को समुद्रमा नग्न अवस्थामा भेटिएपछि हाल हङकङमा यो गरम बहसको विषय बनेको छ ।


पुलिसले चानलाई कहिल्यै पक्राउ नगरेको र उनको शरिरमा चोटपटक या बलात्कारको कुनै चिन्ह नभेटिएकोले मृत्युलाई आत्महत्या बताएको छ भने उक्त घटनालाई आन्दोलनकारीहरुले भने षड्यन्त्रको रुपमा ब्याख्या गरिरहेका छन् ।

हिंजो सोमबार उनी अध्ययन गर्ने कलेजले सिसिटिभी फुटेज पूर्ण रुपमा सार्वजनिक नगरेको भन्दै आन्दोलनकारीहरुले हङकङ डिजाइन इन्स्टिच्युटमा तोडफोड गरेका थिए । हङकङ डिजाइन इन्स्टिच्युट र युथ कलेजले एउटै बिल्डिङमा पढाई गर्ने गरेको बताइन्छ , तोडफोडको कारण कलेजले ३ दिनको लागि पढाई स्थगित गरेको छ । हङकङ प्रमुख क्यारी लामले किशोरीको मृत्युको पूर्ण विवरण कोरोनर अफिसबाट आएपछि मात्रै केही बोल्न सक्ने बताएकी छिन् ।

अहिलेको अवस्थामा पुलिसको बयान विश्वास गर्न सकिन्छ न आन्दोलकारीको कथन! कस्तो मोडमा आइपुग्यो हङकङ, हगि? आफ्नो सन्तान गुमाएका ती अभिभावकलाई हार्दिक समवेदना!!

आफू दंगाकारी नभई सर्वसाधारण भएको र सपिङको लागि आउँदा पनि किन टियर ग्याँस पीडित हुनुपर्‍यो भन्दै पुलिससँग जवाफ माग्ने बताएकी चानको चिम सा चुई मा खिचिएको सेल्फी भिडियोको मिति भन्ने खुलेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here