हत्याको आरोपमा ८९ वर्षीया महिला पक्राउ

प्रकाशित मिति
0
799

आपसी झगडामा हात हालाहालको स्थिति भएपछि बेहोस भएपछि मृत्यु भएकी ८५ वर्षीया महिलाको हत्याको आरोपमा ८९ वर्षीया महिला पक्राउ परेकी छिन् ।

कुन्तोङको होङ तात वृध्दाश्रममा हिंजो दिउँसो ५ः१५ बजे दुई बीच सामान्य निहुँमा बाझो सुरु भएको बताइन्छ । अभियुक्तले लात्ती प्रहार गरेर मृतकलाई ढालेपछि उनी घाइतेँ भई आधी घन्टापछि
बेहोस भएको बताइन्छ । उनलाई युनाइटेड क्रिश्चियन अस्पताल लगिए पनि साँझ ७ बजे उनको मृत्यु भएको बताइन्छ ।

मृतक २ महिना अघि मात्रै वृध्दाश्रममा बस्न आएकी बताइन्छ भने १ साल अघि देखि बसिरहेकी अभियुक्तको अरुहरुसँग पनि झगडा भइरहने गरेको बताइन्छ ।

८०-९० वर्षमा जेल जानु त मज्जा हुँदैन होला, के गर्नु रिस र आवेगमाथि नियन्त्रण राख्न नसक्दा दशा लाग्दोरहेछ ,हगि?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here