हत्तेरी – ३ , तुर्के साहुको करामत

प्रकाशित मिति
0
25

rani

उ अर्थात कटिहार म्यान पावर सप्लाइ कम्पनीका मालिक तुर्केसाहु, हुन त उ पनि कुनै जमानामा मजदूर नै थियो। अलिक खिनाउटे ज्यान भाकोले सधै हल्का काम रोज्थ्यो उ। चेपलापकोक एयर्पोर्टमा हामी साथीहरूसङ्गै लन्च खाएर स्काफफोल्ड प्लेट्फर्ममा पत्रीका ओछ्च्याएर आराम गरेको त सायद उसले भूलेको छैन होला।

तर समयले दाहिने कोल्टो फेर्दा उ म्यान पावर एजेन्सी खोलेर मजदूर सप्लाई गर्ने तिर लाग्यो। आज होङकोङका ठूला -ठूला प्रोजेक्टहरूमा काम गर्ने उसको मजदूरको सन्ख्या 500 भन्दा बढी पूगेको छ। उ प्रतिको मेरो यस्तो धाराणा सुनेर उसको अफिसमा काम गर्ने परिचित साथीले ओठ लेब्र्याएर भन्यो, “तिमीले त उसको बाहिरी पाटोमात्रै देख्याछौ। हामी अफिसको कर्मचारीलाई सोधन उसको बारे। ” म पनि अलिक नजिक गएर उसलाई चिमोटे, “हैट ! लू सुनम न त?”

परिचित ले बेलिबिस्तार लगाउन थाल्यो,” थाह छ? महिना मरे पछि उसले मजदूरलाई दिने तलबको एक मूस्ठ रकमको चेक बनाएर हामीलाई दिन्छ र भन्छ, “लू यहिबाट तिमीहरूले आफ्नो तलब पनि निकाल्नु” । अनि बिचरा हामी एउटा एउटा मजदूरको तलबबाट 100/150 डलर चोरेर निकाल्छौ। धेरै निकाल्दा त हल्ला गरिहाल्छन मजदूरहरू , 100/150 चै यति को लागि के झगडा गर्नु भनेर वास्ता गर्दैनन। यता 500 जनाको तलब बाट 100/150 डलर झिक्दा हामी 2 जना अफिसकाहरूलाई महिनाको तलब पूगिहाल्छ। अनि मजदूर कर्मचारी मालिक सबै खुश , तर दुवै हातमा लड्डू चाहिँ उसकै मात्र। परिचितको कुरा सुनेर म अवाक भए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here