हत्तेरी-२, सन्डे डेटिङ्

प्रकाशित मिति
0
161

 

rani

सन्डे ओभर टाइम गर्न आएका आफ्नो समुहको कामदारहरूलाई बिहानै काम शुरु गर्नु अघि बिर्खे फोरमेनले बृफिङ दियो,” केटा हो! मलाई थाह छ , तिमीहरू आज सबैलाई गर्ल्फ्रेन्ड भेटन जाने हतार छ। त्यै भएर दिएको काम सबैले बल गरेर चाडो सकौ अनि छुट्टी गरौ।”

आफ्नो फोरमेनको यस्तो कुराले सबै मजदूरहरूले हर्षका साथ स्वागत गरे। अनि सबै जना कामको लागि तयार भएर टनलमा छिरे । टनल भित्र त पानी तान्ने पम्प नचलेर ताल जमेको थिएछ।

यो देखेर “आबो पर्यो फसाद! इलेक्टृसियन पनि बिदा बसेको छ। के गर्ने होला?” मनमनै यस्तै गनगनाउदै फोर्मेनले अघि घरबाट हिड्ने बेला गर्ल फ्रेन्डलाई फोन गरेर छुट्टी पछि भेट्ने बाचा गरेको सम्झियो।

“आबो यो इलेक्ट्रीसियनलाई कता खोज्नु ? होस बरू आफै चेक गर्छु।” यस्तै कुरा मनमा खेलाउदै उ आफै पम्प मर्मत गर्न तम्सियो।तर पानीको आहलमा भिजेको हातले यसो पम्पलाई छुएको मात्रै के थियो चुहिएको 350भोल्टको करेन्टको झट्काले बिचरा फोरमेन आइया! पनि भन्नू नपाई खुत्रुक्कै भयो।

 

आजभोलि हप्तै पिच्छे कन्स्ट्रक्सनमा काम गर्ने मजदूरहरूको कोही सुतेको सुतेकै भएका अनि कामको दौरान दुर्घटनामा परेर घाइते अनि मृत्युका घटनाहरू सुनिन थालेको छ।अधिकांश होङकोङे नेपालीहरूको घरको चूलो बल्ने प्रमुख माध्यम रहेको यो क्षेत्रमा काम गरिरहेका नेपाली मजदूरहरू अहिले सबै भन्दा जोखिमपूर्ण अवस्थामा काम गरिरहेका छन। यो पंक्तिकार यो क्षेत्रमा 18/19 बर्ष देखि लगातार काम गरिरहेको अवस्थामा पंक्तिकारले भोगेको सुनेको घटनाहरूलाई लघुकथाको रूपमा पस्किने जमर्को गरेको हो । र, सिलसिलेवार रूपमा आउने यिनै लघुकथाहरूका माध्यमबाट माथि उल्लेख गरिएको समस्याका अन्तर्बस्तु केलाउने प्रयास समेत गरिएको छ। 

-निरज राई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here