हत्तेरी कृतज्ञ छ !

0
4

ishan help

हामी हत्तेरी डट कम धन्यवाद भन्न चाहन्छौं तपाईं संपूर्णलाई,

—————

हत्तेरी डट कम धन्यवाद भन्न चाहन्छ तपाईं  संपूर्णलाई ,स्वर्गीय इशान गुरुङको तर्फबाट!

हत्तेरी डट कम ले प्रकाशन गरेको इशानको परिवारको सहयोगको खाँचोको समाचार सेर गरिदिनु भयो, संबन्धित सबैमा पुर्‍याइदिनुभयो । र, सबैले (ब्यक्तिगत,संस्थागत, समूहगत) रुपमा परिवारलाई सबै खालको (आर्थिक, नैतिक,सामाजिक) सहयोग प्रदान गरिदिनु भयो ।

हामीलाई जानकारीमा आए सम्म इशानका साथीहरुले विशेष गरेर ‘अवस्था समूह’ले परिवारलाई उल्लेख्य सहयोग गरेको छ । तमुहरुको पहिलो र ठूलो साझा सस्था तमु ट्हो ह्युलले पनि फ्युनरल कार्यक्रममा गई २ हजार डलर सहयोग प्रदान गरेको  सचिव झमबहादुर ज्यूले बताउनुभएको छ । एन आर एन सदस्य तथा समाजसेवी टिका राना बहिनीले पनि परिवारलाई सहयोगको लागि पहल गरिदिने वचनबध्दता प्रकट गर्नुभएको छ । परिवारसँग सीधै संपर्क गरी यहाँहरुले धेरै सहयोग गर्नुभएको लख हामी काट्न सक्छौं । यसरी हङकङको एक नेपाली परिवारलाई विपद पर्दा उठेका सहयोगका हातहरुलाई हत्तेरीको सलाम!

हुन त आत्मजन गुमाउनुको दुखद पीँडालाई के ले पो पूर्ति गर्न सक्छ र? तर जीवन हो यो जीवनमा सबैथोक सहेर अगाडि बढ्नै पर्छ, त्यसको विकल्प सायदै होला । बहिनी कुमारी थापा र छोरी लिबानाले साहसपूर्वक यो सत्यलाई स्वीकार्दै नयाँ वर्षसँगै नयाँ यात्राको प्रारम्भ गर्नुहुनेछ भन्ने हाम्रो विश्वास छ ।

हामीले उठाएको रकम ठूलो त होइन तर यो सानो पनि नहोला, किनकि यसमा दाताले कुनै करकापमा नपरी स्वेच्छाले अपनत्व स्वरुप प्रदान गर्नुभएको हो। रकमको परिंमाण भन्दा पनि यसमा रहेको भावनालाई कदर गरेर इशानको परिवारले स्वीकार्नु भयो, हत्तेरी डट कम गर्व गर्दछ ।

 

हत्तेरी डट कमलाई , स्व. ईशान गुरुंगको ‘परिवार सहयोग’ आह्वानमा प्राप्त भएको रकम हंगकंग डलर $ ५,५५५ अक्षेरपी (पाँच हजार पाँच सय पचपन्न ) डलर आज २०१५ डिसेम्बर ३१ तारीख बि एन्ड बि रेष्टुरेन्टमा भेट गरी वहाँकीश्रीमती कुमारी थापा र सानी छोरी लिबानालाई हस्तान्तरण गरिएको छ । साथै वहाँले तपाई सम्पूर्ण सहयोगी मनहरुलाई हृदय देखिनै धेरै धन्यवाद दिनु भएको छ । आसा छ , तपाई हाम्रो यो सानो सहयोगले केही हद सम्म वहाँको दुखमा सहयोग मिल्नेछ ।

 

सहयोग दाताहरुको नामावली

 

१.हेम लावती -५००

२. दिनेश सुब्बा – २००

३. झलक बहादुर थापा -५००

४. दुर्गा गुरुङ श्रेष्ठ पोखरा -१०१

५. मन्जु माबो – १०१

६. बोक सा – ५०१

७. जीवन गुरुङ – ५२५

८. मंजु पुन – २००

९. चिना वनेम- ४५०

१०. आशा शिरीष – २००

११. मीनप्रसाद गुरुङ – १००

१२. ए लिम्बू – १५०

१३. jkp int – ३००

१४. झम बहादुर गुरुङ, २२०

१५. लीला कुमारी लिम्बू, ५०१

१६. मेख गुरुङ – ४४४

१७. एस गुरुङ – ५००

ishan family

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here