हजार अनुहार शहरमा तर….

प्रकाशित मिति
0
85

25434402_10215556165196085_890346156_o

“हजार अनुहार शहरमा
तर शान्ति तिम्रो मुहारमा
साना साना आँखा तिम्रो
विशाल सपनाको घर मेरो”

हिमालय टोन्सको वार्षिक पिकनिक कार्यक्रम स्थलबाट यस सुमधुर गीतको आजबाट सार्वजनिक भएको घोषणा गरिएको छ । हङकङेली नेपाली समुदायका  सिनियर गायक ज्ञान सुब्बाको हातबाट  गीतलाई इन्टरनेटमा राखी औपचारिक रिलिज भएको घोषणा गरियो ।
चर्चित कवि तथा गीतकार हाङयुग अज्ञातको शब्दमा वरिष्ठ संगीतकार दिनेश सुब्बाको संगीतले सजिएको यस गीतलाई
दार्जिलिङकी चर्चित गायिका अनुपमा प्रधानले आवाज दिएकी छिन् ।
सुरिली गायिका अनुपमाले दिनेश सुब्बा र हाङयुग अज्ञात जस्ता आदरणीय सर्जकहरुसँगको यस सहकार्यलाई आफ्नो सांगीतिक यात्राको एउटा अत्यन्तै महत्त्वपूर्ण उपलब्धि रहेको अभिब्यक्ति दिएकी छिन् ।

यस अघि संगीतकार पारस मुकारुङ र गायक भीषण मुकारुङसँग बेग्लै स्वादका गीतहरुको संगालो “संवाद” एल्बम निकालिसकेका हाङयुग अज्ञातले निकट भविष्यमै “आभार” एल्बम ल्याउने भएका छन् । “आभार” एल्बममा संगीतकार दिनेश सुब्बाको संगीत रहनेछ भने ज्ञान सुब्बा, मेलिना राई, अनुपमा प्रधान, रोशा लिम्बू, बेनुका राई र निखिता थापाको स्वर रहनेछ ।

 

नयाँ गीत:

 

संवादका गीतहरु:

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here