हङकङ सुधार्न आइडिया दिनेलाई मिलिन डलर..

प्रकाशित मिति
0
1559

तुङ वा ग्रुफ अफ हस्पिटल्स का डाइरेक्टर तथा ब्यवसायी क्रिस्टोफर चुङले हङकङलाई सुधार्न उत्कृष्ट सुझाव दिनेहरुलाई कुल १० मिलियन डलर पुरस्कार दिने घोषणा गरेका छन् । उत्कृष्ट सुझाव दाताहरुलाई ३ मिलियन डलर र निर्णायकहरुलाई ७ मिलियन डलर छुट्याइएको हिंजो उनले घोषणा गरेका छन् ।

आफू हुर्के बढेको हङकङको हालको स्थिति प्रति विरक्त लागेर यसलाई कसरी योगदान पुर्‍याउन सकिन्छ भन्ने सोँचमा आफू परेको र त्यसैको लागि यसखाले प्रतियोगिता आयोजना गर्न लागेको उनले बताए ।

अहिलेको राजनैतिक ध्रुवीकरणले आफूलाई चिन्तित तुल्याएको भन्दै यस्तो बेलामा पुलिस वा आन्दोलनकारी मध्ये १ पक्षलाई समर्थन दिनु भनेको आगोमा घ्यु थप्नु हो भन्दै यस प्रतियोगितामा राजनीति निरपेक्ष भएर दिनानुदिनको जनजीवनमा प्रभावकारी सहयोग मिल्ने खाले योजना प्रस्तुत गर्नेलाई प्राथमिकता दिने बताएका छन् । अगस्टदेखि विज्ञापन गर्न थालेकोमा उनले हालसम्म ७ सय योजनाहरु आइसकेको र अर्को हप्ताको बिहिबार सम्म म्याद रहेको बताएका छन् । प्रतियोगितामा हङकङवासीले मात्रै भाग लिन पाउने प्रावधान रहेको बताइन्छ भने १५ वर्ष नाघेकाहरु निर्णायकको लागि आवेदन दिन सक्ने पनि ब्यवस्था रहेको बताइएको छ ।

गएर धडाधड ८-१० योजना सुनाई गोजी भर्नुपर्‍यो भनेर प्रतियोगिताको वेबसाइट ideasforhk.org गएको त सबै चिना भाषामा मात्रै रहेछ, हत्तेरी लुरुक्कै भएर फर्कियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here