हङकङ सरकारले १ लाख परिवारलाई १.१ बिलियन डलर दिने…

प्रकाशित मिति
0
6285

समाज कल्याण सचिव लाउ चि कोङले सरकारी सुविधाहरु लिनबाट वञ्चित मध्यम वर्गीय परिवारहरुको लागि “N-nothing” राहत प्याकेजको घोषणा गरेको छ । यस योजना अन्तर्गत वर्गीकरणमा पर्ने परिवारहरुले ४,५०० देखि १५,५०० डलर सम्म पाउन सक्नेछन् । यस्तो राहत दिइएको यो चौथो पटक भएको बताइन्छ , पछिल्लो पटक सन २०१६ मा दिइएको रकम भन्दा यस पटक १०% रकम ज्यादा दिइने बताइएको छ । यस योजना अन्तर्गत १ लाख परिवारले लाभ उठाउन सक्ने र १.१ बिलियन डलर खर्च हुने अनुमान सरकारले गरेको छ ।

के हो “N-nothing” परिवार भनेको ?
सरकारी सुविधाहरुमा पाइने पब्लिक रेन्टलका घरहरु आवेदन दिन चाहिने तलब मापदण्ड नाघेका कारण आवेदन दिन अयोग्य ठहरिएकाहरु तर प्राइभेट घर किन्न नसक्ने परिवारहरुलाई “N-nothing” भन्ने गरिएको छ । ३ वटा सुविधा ५ वटा सुविधा बाट वञ्चित भन्दै जाँदा विविध सुविधाहरुबाट वञ्चित भएको जनाउन गणितको भाषा प्रयोग गर्दै “N-nothing”परिवार भनिने गरिएको हो ।

के कस्तो छ मापडण्ड?

निम्न तालिका अनुसार परिवार संख्या, परिवारको सरदर आय र घर भाडा हुने परिवारले सुविधा पाउने बताइएको छ ।

कति पाइन्छ ?

परिवार संख्याको आधारमा निम्न दिइए अनुसार साढे ४ हजार देखि साढे १५ हजार सम्म दिइनेछ ।

आवेदन कहिले खुल्छ ?
कम्युनिटी केयर फन्डले जुलाई २०२० देखि विभिन्न चरणमा आवेदन स्वीकार गर्ने बताएको छ । त्यसैले यदि तपाईं मापदण्डमा पर्नुहुन्छ र लाभ उठाउन चाहनु हुन्छ भने क्यालेन्डरमा चिन्ह लाइराख्नुहोला है !

समाज कल्याण सचिव लाउ चि कोङले विगतमा पनि आवश्यकता हेरेर ३ पटक यसरी रकम बाँडिसकेको भन्दै कुनै राजनैतिक कारणले नभई आर्थिक आवश्यकता हेरेर कार्यक्रम ल्याइएको बताएका छन् । तर राजनैतिक कारण बिल्कुलै छैन भन्न भने सकिन्न, किनकि विगत ३ वर्षमा यो योजना ल्याइएको थिएन , आन्दोलनको क्रममा “जेल जानु देखि के डराउनु मेरो कोठा जेल भन्दा सानो छ” भन्ने खाले नाराहरु लाग्न थालेदेखि हङकङको हाउसिङ समस्या समाधान गर्न बेइजिङले पनि सरकारलाई सुझाउन थालेको छ । लोकतन्त्रको चाहना सँगसँगै साँघुरो कोठामा खाँदिनुको रोष मिसिएर जनता सडकमा ओर्लेको कति विश्लेषकको भनाइँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here