हङकङ सरकारले दिने यातायात सहुलियत र ४ हजार डलर बारे…

प्रकाशित मिति
0
2251


२ महिना यात्रुहरुले सहुलियत रकम संकलन नगर्दा सरकारले दिनुपर्ने २७ मिलियन डलर थुप्रिएको जनाएको छ ।

यातायात सचिव फ्राङ्क चानका अनुसार जनवरी र फेब्रुअरीमा गरेर ३ लाख २५ हजार मानिसहरुले डिस्काउन्ट रकम दाबी नगरेको बताएका छन् । रकम दाबी गर्न नआउनेहरुको लागि ३ महिना अवधि थप गरिने उनले बताएका छन् ।
सोझो अर्थमा, जनवरी देखि हालसम्म तपाईँले आफ्नो सहुलियत रकम लिनु भएको छैन भने 2969 5500 फोन गरी १५ जुन २०१९ सम्म आवेदन दिनु सक्नुहुन्छ ।

कति पाइन्छ ?
महिनाको जम्मा खर्चमा ४ सय डलर घटाएर रहेको रकमको २५% । जस्तोः ५०० डलर एक महिनामा खर्च भएको छ भने ५००-४००‍‍=१००, त्यसको २५% भन्नाले २५ डलर फिर्ता पाउनुहुनेछ ।
तर बढीमा ३०० डलर सम्म मात्रै पाउन सक्नुहुनेछ ।

हरेक महिनाको १६ तारीख देखि सहुलियत रकम दाबी गर्न पाइन्छ । भोलि १७ तारीख हो, नबिर्सी गएर यस्तो मेसिनमा अक्टोपस कार्ड सुँघाउनुस् है!

अँ साँच्ची, सरकारले माया दिने ४ हजार डलर चाहिँ यो सालको अन्तिम सम्म सबैलाई दिइसकिने बताइएको छ , हाल सम्म ३३ लाख ९० हजार आवेदनहरु परेको र १ लाख १२ हजारलाई रकम बैंक मार्फत दिइसकिएको बताइएको छ।
त्यो १ लाख १२ हजारमा पर्ने भाग्यमानी तपाईँ पो पर्नु भयो कि?
हत्तेरीले चैं ब्यग्रताका साथ कुरिरहेको छ !

थप जानकारी

यातायात सहुलियत कसरी लिने?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here