हङकङ सरकारद्वारा प्रस्तावित सुपुर्दगी कानुन स्थगित

प्रकाशित मिति
0
178

हङकङ सरकारले प्रस्तावित सुपुर्दगी कानुन हाललाई स्थगित गर्ने भएको छ ।
हिंजो अबेरसम्म र आज बिहान गरी हङकङ प्रमुख क्यारी लामले चिनियाँ अधिकारीहरुसँग चीनको
सेन्जेन शहरमा भएको बैठकले हालको परिस्थितिमा छलफल गरेर उक्त निर्णय गरेको बताइन्छ ।

लामले आज दिउँसो सरकार पक्षधर विधायकहरुसँग बैठक बसेर प्रस्तावित कानुन स्थगित भएको सार्वजनिक गरेकी
हुन् ।

हङकङे केटाले आफ्नी गर्लफ्रेन्डलाई ताइवानमा लगेर हत्या गरी आफू हङकङ फर्केपछि उसलाई कानुनी सजाय दिलाउन ताइवान सरकारलाई
बुझाउन नियमले नमिलेबाट यो सुपुर्दगी कानुन प्रस्ताव गरिएको हो । ताइवानले अभियुक्तलाई सुपुर्दगी गराउने माग नगर्ने भएकोले कानुन पास
गर्न हतारो नभएको लामले बताएकी छिन् ।

विधान सभाका ७० मध्ये ४३ सदस्य सरकार पक्षमा रहेका छन् । सरकारका पूर्व सचिवहरु लगायत उच्च
अधिकारीहरुले पनि प्रस्ताव स्थगित गरी शान्ति बहाली गर्न सुझाव दिइरहेका थिए भने पूर्व प्रहरी अधिकृतहरु स्वयंले
प्रहरीले अनावश्यक बल प्रयोग गरेको भन्दै आलोचना गरिरहेका थिए ।

नोभेम्बरमा हुने जिल्ला परिषदको निर्वाचनमा नकारात्मक असर पार्ने भयले पनि सरकार पक्षधर पार्टीहरुले
प्रस्तावलाई हालको लागि स्थगन गर्ने सल्लाह दिइरहेका थिए ।

लामले ब्यापक रुपमा जनमत लिएर पुनः प्रस्तावित गर्ने नगर्ने बारे निर्णय गर्ने बताएकी छिन् ।
प्रतिपक्षी लोकतन्त्र पक्षधर पार्टीहरुले भने स्थगित गरेर मात्रै माग पूरा नहुने भन्दै प्रस्ताव खारेज गर्नुपर्ने माग राखिरहेका छन् ।
त्यसैले भोलिको लागि निर्धारित आन्दोलन जारी राख्ने बताएका छन् ।

हामी अपेक्षा गरौं अब दुवै पक्षबीच साझा समझदारीमा जनजीवन सामान्य स्थितिमा फर्किने छ, शान्तिमै समृध्दि प्राप्त हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here