हङकङ ल्याइन लागेको सुकुटीमा चरेश…

0
7

sukuti

 नागरिक न्युजका अनुसार   सुकुटीमा लुकाएर हङकङ लैजाने तयारीमा रहेको चरेश सहित दुई जनालाई नेपाल प्रहरीले समातेको छ। लागूऔषध नियन्त्रण ब्युरोले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन केजी चरेससहित दुईजनालाई समातेको हो। ब्युरोका अनुसार काठमाडौंबाट क्याथे ड्र्यागनको उडान नम्बर केए ०१०३ बाट हङकङ जान लागेका पर्वतका अबिर शेर्पाजा मगर र कास्कीका नरमान गुरुङ पक्राउ परेका हुन्।

ब्युरोका अनुसार मगरको हरियो रङको सुटकेसबाट मासुका सुकुटीसँगै मिसाई लुकाई प्लास्टिकले कोटेड गरी राखेका चरेसका ३ सय ८ क्याप्सुल बरामद भएको हो। ब्युरोले दुवैलाई लागूऔषध ऐनअन्तर्गत कारबाही अघि बढाएको छ।

गुन्द्रुकको झोलमा इज्जत फाल्नु भन्ने उखान  अब अपडेट गरी  सुकुटीको चौटामा इमान-इजेत र प्रेस्टिज  घुइँक्याउनू बनाए कसो होला, हगि?

स्रोत: नागरिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here