हङकङ मामिलामा अमेरिका र चीनको दोहोरी जारी!

प्रकाशित मिति
0
916

अमेरिकाको स्टेट डिपार्टमेन्टकी प्रवक्ता मोर्गान ओर्टागसले चीन सरकारलाई ‘ठग शासन’ भनी आरोप लाएकी छिन् ।

हङकङ स्थित अमेरिकी कन्सुलेटकी कुटनीतिज्ञ जुली एडेले लोकतन्त्र पक्षधर आन्दोलनकारी नेताहरुलाई भेटेपछि बेइजिङ पक्षधर हङकङको एक पत्रिकाले जुलीको आलोचना गर्दै जुलीको ब्यक्तिगत विवरण सहित बालबच्चाको विवरण समेत छापेको थियो । त्यसैको प्रतिक्रिया स्वरुप अमेरिकाले उक्त कार्यमा चीनको संग्लनता रहेको भन्दै चीनको शासन प्रणालीलाई ठग शासनको आरोप लगाएको हो । आफ्नो कुटनीतिज्ञहरुले विश्वभरिकै सरकार पक्ष र विपक्षका नेताहरुलाई भेट्ने प्रचलन रहेकोले आफ्नो जिम्मेवारी अनुसारै जुलीले हङकङे विपक्षी नेताहरुलाई भेटेको ओर्टागसले बताएकी थिइन् । हङकङका डेमोसिस्टो पार्टीका युवा नेताहरुले हङकङ सरकारलाई असहयोग गर्दै दबाब दिन अमेरिकी कुटनीतिज्ञलाई आग्रह गरेको बताए ।

जवाफमा हङकङको मामिला आफ्नो आन्तरिक मामिला भएको भन्दै चीनले उक्त प्रतिक्रिया अमेरिकाको गिरोहतन्त्र र दादागिरीको नमूना भएको बताएको छ । कुनै प्रमाण बिना चीनलाई आरोप लाउनु अमेरिकाको चीनप्रतिको द्वेष र कुभावना रहेको बताइएको छ । हङकङमा चलिरहेको आन्दोलनको पछाडि अमेरिका र ताइवानको हात रहेको आरोप चीनले लगाउँदै आएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने हालै हङकङ मामिलामा केही बोलेका छैनन् , उनले सुरुमा हङकङको आन्दोलनको समर्थनमा अभिब्यक्ति दिएका थिए भने पछिल्लो पटक आन्दोलनलाई दंगा को संज्ञा दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here