हङकङ प्रमुख क्यारी लाम ले माफी मागिन् …

प्रकाशित मिति
0
1410

हङकङ प्रमुख क्यारी लाम ले आज ४ बजे सम्बोधन गर्दै सार्वजनिक माफी मागेकी छिन् । आफूले जनताको आवाजलाई सुनेको र उनीहरुको मागप्रति उत्तरदायी बन्दै प्रस्तावित सुपुर्दगी कानुनलाई स्थगित गरेको र पुनः यसमा छलफल गरिने कुनै योजना नरहेको बताइन् । यस काण्डबाट आफूले ठूलो पाठ सिकेको र असल नेतृत्वको लागि आफूले अझै धेरै सिक्नुपर्ने स्वीकार गरेकी छिन् , आफ्नो अनुभव र सिकाईहरुले हङकङको लागि आफ्नो बाँकी रहेको अवधि ३ वर्ष योगदान गर्ने उनको अठोट रहेको बताएकी छिन् । प्रस्तावित सुपुर्दगी कानुनले ल्याएको सामाजिक विखण्डन, जनतालाइ कष्ट र असुविधा प्रति आफु दुखी रहेको र त्यसलाई क्षतिपूर्ति गर्न पनि आफुले अगाडि काम गर्नुपर्ने उनले बताइन् ।

आन्दोलनकारीहरुले उठाएका उनको राजीनामाको माग बारे बोल्दै उनले बताइन् कि उनी अझै हङकङका जनताको लागि योगदान गर्न चाहन्छिन् । जुन १२ मा संग्लग्न आन्दोलनकारीहरुलाई ‘दंगाकारी’ भनेको बारे उनले केही ब्यक्तिहरु हिंसात्मक गतिविधि र दंगामा संग्लन रहेको भन्दै संपूर्ण सहभागीहरुलाई दंगाकारी नभनेको बताइन् । हिंसात्मक गतिविधिमा संग्लन भएको पाइए कानुन मुताबिक कार्यवाही हुने उनले बताइन् भने प्रहरीले अख्तियार दुरुपयोग गरी अनावश्यक बल प्रयोग गरिएको बारेमा पनि सम्बन्धित निकायबाट छानबिन हुने बताइन् ।

गत आइतबार १६ जुनमा करीब २० लाख नागरिकले शान्तिपूर्ण आन्दोलनमा सहभागी भएपछि सरकारले बाध्य भएर प्रस्तावित सुपुर्दगी कानुनलाई स्थगित गरेको छ ।

१ जनाको मृत्यु, लगभग ८० जना घाइतेँ र करोडौं डलरको ब्यापार क्षति भएको यस आन्दोलनलाई क्यारी लामको माफीले मात्रै साम्य पार्ला के त?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here