हङकङ पुलिस हेडक्वार्टरमा पेट्रोल बम…

प्रकाशित मिति
0
2175

वान्चाई पुलिस हेड क्वार्टरमा र हेपी भ्याली स्टेशनमा पेट्रोल बम प्रहार गरेको आरोपमा ४ जना अभियुक्तलाई हङकङ प्रहरीले पक्राउ गरेको छ ।
अभियुक्तहरु २२ देखि ६० वर्ष उमेरका रहेका र संगठित अपराध गिरोहमा रेकर्ड रहेकाहरु भएको बताइन्छ ।

हिंजो शुक्रबार बिहान साढे ३ बजे नम्बर प्लेट छोपिएको मर्सिडिज बेन्जमा चढेर वान्चाई पुलिस हेडक्वार्टर बिल्डिङ तर्फ बढेको अभियुक्तलाई पुलिस भ्यानले बाटो छेकेपछि
नकाब लगाएका अभियुक्तले पेट्रोल बम प्रहार गरी भागेको बताइन्छ । उक्त बम प्रहरी भ्यान नजिकै खसे पनि कुनै क्षति नभएको बताइन्छ ।

त्यसको १२ घन्टापछि दिउँसो सोही ब्यक्तिले हेपी भ्याली स्टेशनमा पनि पेट्रोल बम प्रहार गरेको बताइन्छ ,जुन बिल्डिङको बारमा लागेको बताइन्छ।
पुलिसले अभियुक्त चढेको कारलाई नर्थ प्वाइन्टमा पक्राउ गर्न सफल भयो ।

बायाँ -हेपी भ्याली स्टेशन , दायाँ – वान्चाई हेड क्वार्टर आक्रमण

अभियुक्तसँग मिलेमतो गरेको आरोपमा अन्य ३ जनालाई पक्राउ गरेको छ । अभियुक्तहरुले त्यसरी आक्रमण गर्नुको उद्देश्य स्पष्ट भएको छैन ।
भोलि आइतबार हुन लागेको सुपुर्दगी कानुन विरुध्दको र्यालीले गर्दा पुलिसहरु उच्च सतर्कतमा रहेकोले गंभीर क्षति हुन नपाएको बताइन्छ ।

यो आक्रमणलाई पुलिसले शहरका ३० हजार सरकारी सुरक्षाकर्मी विरुध्दको चुनौतिको रुपमा बुझिएको बताइन्छ ।
त्यसैले हत्तेरीका साथीहरु ठाउँ ठाउँमा छानबिन या अनुसन्धानकोलागि तपाईंलाई पनि रोकेर सोधखोज गरे आश्चर्य नमान्नुहोला है!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here