हङकङ पुलिसको मुख रातो…

प्रकाशित मिति
0
20

oyif

गत फेब्ररीमा चिनियाँ नयाँ वर्षको दौरान मंकोकमा भएको फिसबल आन्दोलनको नामले परिचित भीडन्तपछि पुलिसले हातहथियार जम्मा गरेको या बनाएको भन्दै ४ जना युवाहरुलाई समाएकोमा उनीहरु निर्दोष साबित भएका छन्। छानबिनमा उनीहरु निर्दोष साबित भएपछि हङकङ पुलिसको कार्यशैली र विश्वसनीयतामाथि धक्का पुगेको छ ।

पुलिसले हातहथियार संकलन र निर्माण गर्ने ठाउँ भनेर क्वाईचुङमा रेड हानेर नियन्त्रणमा लिएको एउटा वेयरहाउस वास्तवमा एक फोहोर संकलन र रिसाइक्लिङ् केन्द्र रहेको साबित भएको छ । पक्राउ गरिएका युवाहरु वातावरणविद भएको र उनीहरु “ओ यस् इट्स फ्री’ नामक संस्थाको अभियानका सदस्य भएको बुझिएको छ, यस संस्थाले मानिसहरुको घरबाट फोहरहरु नि:शुल्क रुपमा संकलन गरी रिसाइकल गर्ने गरेको बताइन्छ ।

न्याय विभागले मंगलबार उपयुक्त सबुत प्रमाणको अभावको कारण जनाई आरोपितहरुको मुध्दा खारेज गरेको थियो ।
कार्यवाहीको दौरान सयौंको संख्यामा वेयरहाउसबाट जफत गरिएका छुरी,लठ्ठी, मास्क, पञ्जा, खेलौना बन्दुकहरु, किचेन केमिकल्स आदि पुलिसले फिर्ता गर्ने भएको छ । ६ महिना आफूहरुलाई मानसिक यातनामा राखेको भन्दै पुलिसले औपचारिक माफी माग्नुपर्ने पीडितहरुको भनाइ छ ।

मंकोक काण्डका एक नेता रे वोङको घरबाट पनि हथियार भन्दै पुलिसले एक पेस्तोल बरामद गरेकोमा त्यो खेलौना बन्दुक साबित भएको थियो ।

चोरको मुख रातो भन्ने उखान यहाँ फेल भएको छ, यी  काण्डले गर्दा पुलिसको मुख रातो भएको छ। होइन, यो हङकङ पुलिसलाई सक्षम र सशक्त मान्दै भरोसा राखेको त बिहार पुलिस जस्तो काम पो गर्न थाल्यो त हो, हत्तेरी!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here