हङकङ-जुहाई-मकाउ पुल निर्माणमा भ्रष्टाचार गर्नेलाई भोलि सजाय..

प्रकाशित मिति
0
864

हङकङ-जुहाई-मकाउ पुल निर्माणको दौरान भ्रष्टाचार गर्ने १२ प्राविधिकलाई आज जिल्ला अदालतले दोषी करार दिएको छ । सन २०१३ देखि २०१६ को बीचमा लान्ताउको सिउ हो वान ल्याबमा काम गरेका जेकब्स चाइना लिमिटेडका १९ जना ल्याब कर्मचारी माथि मुध्दा चलाइएकोमा ७ जनाले आफू दोषी रहेको कबूल गरेका थिए भने १२ जनाले अपराध अस्वीकार गरेका थिए । अपराध स्वीकार गर्नेहरुलाई २१ महिना देखि ३२ महिनाको जेल दिइएको छ ।

कंक्रिट टेस्टिङ र ब्रिक टेस्टिङ जस्त जिम्मेवारी पाएका उनीहरुले रिपोर्ट हेरफेर गर्नुको साथै स्याम्पल हरु पनि फेरबदल गरेको बताइन्छ । उनीहरुले माथिको आदेश अनुसार काम गरेको भन्दै डाटा सच्याउनलाई फेरबदल गरेको दाबी गरेका थिए । भूल सच्याउनु र अपराध ढाकछोप गर्नु बेग्लै कुरा हो भन्दै जिल्ला न्यायधीशले भोलि अभियुक्तहरुको पक्षबाट अपील सुनेर सजाय तोक्ने बताइएको छ ।

खुशीकै कुरा भनौं न, यो काण्डमा परेका चिनाहरु मात्रै छन्, हामी भने आफ्नो जिम्मेवारीमा अनियमितता नगरौं न है ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here