हङकङ एयरपोर्टमा हड्ताल

प्रकाशित मिति
0
29

हङकङका प्रमुख कार्यकारी अधिकारी सि वाई ल्योङले आफ्नो पदीय हैसियतको दुरुपयोग गरेको भनी हिँजो हङकङ इन्टरनेशनल एयरपोर्टमा प्रदर्शन भयो । गत महिना उनकी छोरी अमेरिका जाने क्रममा आफ्नो लगेज भुलेर सेक्युरिटी जाँच कटेर गएको र आफ्नो लगेज ल्याउन त्यहाँको कर्मचारीलाई ल्योङकी पत्नी र ल्योङले दबाब दिएको समाचार आएको थियो । त्यसैको विरोध स्वरुप हवाई सुरक्षाको माग र ल्योङले पदीय पावरको दुरुपयोग गरेको विरोध गर्दै उनको राजिनामाको माग गर्दै हङकङ क्याबिन क्रु एसोसियनको आयोजनामा सहभागीहरुले ३ घन्टा धर्ना दिएका थिए । शान्तिपूर्ण विरोध र्‍यालीको क्रममा एयरपोर्टको कार्यतालिकामा कुनै ब्यवधान गरेनन् । आयोजकले २५०० जनाको सहभागिता रहेको भने पनि पुलिसले उपस्थिति संख्या १००० जना रहेको बताएको छ।

सि वाई ल्योङले एयरपोर्ट कर्मचारीलाई फोन गरेको स्वीकार गरे पनि आफूले कुनै दबाब नदिएको दाबी गरेका छन् । अर्को साल ५ वर्षे कार्यकाल सकेर चीन सरकारको आशिर्वादले दोस्रो कार्यकाल पनि पड्काऊँला भनेर बसेका ल्योङको लागि यो शुभ संकेत त होइन तर जब सम्म चीनलाई रिझाइरहन्छन् यस्ता विरोधले केही हुने छाँट छैन ।

airport_protest

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here