हङकङ एयरपोर्टमा झडप

प्रकाशित मिति
0
1167

हिंजो मंगलबार दोस्रो दिन आन्दोलनकारीहरुले हङकङ एयरपोर्टमा धर्ना दिएर एयरपोर्ट ठप्प पारे । सुरक्षाको कारण देखाई एयपोर्ट प्रशासनले सोमबार १ सय ८० र मंगलबार ४ सय फ्लाइट क्यान्सिल गर्‍यो ।

सोमबारको दिन शान्तिपूर्ण रहेको धर्ना कार्यक्रममा हिंजो मंगलबार भने झडप भएको छ । आन्दोलनकारीको रुपमा एक ब्यक्तिलाई मेनल्यान्डर जासुस भएको आशंकामा भीडले घेराउ गरेपछि त्यस ब्यक्तिको सुरक्षाको लागि पुलिसले बल प्रयोग गरेको थियो ।भीडले उनको हात बाँधेर केरकार गर्दा आरोपति ब्यक्तिले आफ्नो परिचय खुलाउने आइ डी दिन इन्कार गरेको बताइन्छ । साथीलाई एयरपोर्ट छोड्न बताउने उनी राति १० बजे बेहोस भएको बताइन्छ । भीडले प्रहरीको लाठो खोसेपछि प्रहरी जवानले पेस्तोल उज्याएको बताइन्छ ।

त्यस्तै मध्यरातमा पत्रकारको भेषमा पनि आन्दोलनकारीले १ ब्यक्तिलाई जासुस रहेको आरोप लगाए, उनको झोलाबाट ‘आइ लभ पुलिस’ टि सर्ट लगायत पुलिसकर्मीहरुको नामावली भेटिएको बताइएको छ । उनलाई पनि चाइनाको ग्लोबल टाइम्सको पत्रकार रहेको बताइएको छ ।

गत आइतबारको आन्दोलन कार्यवाहीमा आन्दोलनकारीको भेषमा पुलिस जासुसहरु संग्लन हुने गरेको भिडियो र फोटोहरुबाट साबित भएपछि प्रहरी प्रवक्ताले आन्दोलनमा सुरक्षाको निम्ति प्रहरी घुसपैठ रहने गरेको स्वीकार गरेका थिए ।

हिंजै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन -हङकङको बोर्डरमा चिनियाँ आर्मी परिचालन भएको आफ्नो सूचनामा आएको अवस्थामा सबै शान्त र सुरक्षित हुनुपर्छ भनेर ट्वीटरलमा लेखेका छन् । चीनको ग्लोबल टाइम्सले भिडियो क्लिप राख्दै त्यसको पुष्टि गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here