हङकङ आन्दोलन उब्जाउने काण्डका अभियुक्त जेलबाट छुट्न लागे..

प्रकाशित मिति
0
4013
अभियुक्त र मृतक

गत साल छुट्टीमा ताइवान लगी आफ्नी गर्भवती गर्लफ्रेन्डको हत्या गरी भागेर हङकङ आएका चान तोङ काइ आउँदो हप्ता हङकङको जेलबाट छुट्दैछन् ।
हत्या ताइवानमा गरेको हुनाले हङकङमा १९ वर्षे अभियुक्तलाई हत्याको नभई मृतकको पैसा, फोन र क्यामेरा चोरेको अभियोगमा २९ महिना जेल सजाय दिइएको थियो ।

उनलाई ताइवान सुपुर्दगी बनाउन कानुनी बाटो नभएको भन्दै क्यारी लाम सरकारले ताइवान लगायत मकाउ र चीनसँग सुपुर्दगी कानुन प्रस्ताव गरेको थियो, त्यहाँदेखि हङकङको स्थिति भताभुंग भएको हो । १९ हप्तामा चलिरहेको आन्दोलनले हङकङलाई आर्थिक, राजनीतिक, सामाजिक रसातलमै भस्साइरहेको छ ।

अर्को हप्ता जेलबाट छुट्ने चानलाई ताइवानमा बुझाउने कुनै संयन्त्र नहुने भएकोले उनी स्वतन्त्र रहनेछन् तर उनले केही समय आराम गरेपछि ताइवान सरकार समक्ष आत्मसमर्पण गर्ने मनशाय बनाएको बताइएको छ । हालको हङकङको परिस्थिति प्रति आफू दुखी रहेको पनि उनले बताएका छन् । आत्म समर्पण गरेको र कलिलो उमेरको कारण ताइवानमा उनलाई मृत्युदण्ड नदिइने संभावना रहेको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here