हङकङ अवैध प्रवेश गर्ने कुकुरलाई मृत्युदण्ड दिँदा…

0
5

थाइल्यान्डबाट आएको पानी जहाजमा चढेर अज्ञात रुपमा बिना मालिक आएको एक कुकुरलाई हङकङका अधिकारीहरुले मारिदिएपछि जनावार प्रेमीहरुबाट तीब्र असन्तोष र आलोचना खेप्नु परेको छ ।

६ दिने यात्रापछि कार्गो जहाजमा गत मंगलबारको दिन चिङ यी ओर्लेको कुकुरलाई जहाज कर्मचारीले एग्रीकल्चर,फिसेरी एन्ड कन्जर्भेसन् डिपार्टमेन्टलाई बुझाएका थिए । पोर्टमा काम गर्ने एक कर्मचारीले
कुकुरको फोटो हाली इन्टरनेटमा त्यसको मालिकको खोजी गर्न आव्हान गरिदिएका थिए । फलस्वरुप थाइल्यान्डमा रहेकी एक महिला त्यस कुकुरको धनी रहेको पत्ता लागेको थियो ।

उक्त महिलालाई सुसूचित गर्ने काम गर्नुको साथै कुकुरलाई सुरक्षित फिर्ताउनको लागि डेमोक्रेटिक पार्टीका नेता रायन कोङले बुधबार डिपार्टमेन्टमा संपर्क गर्दा कुकुरलाई मृत्यु दिइसकेको जानकारी दिइयो ।
कुकुरको कुनै परिचय नखुलेको र रेबिजग्रस्त हुनसक्ने संभावना भएकोले जन स्वास्थ्यको हितमा त्यसलाई मारिएको डिपार्टमेन्टले स्पष्टिकरण दिएको बताइन्छ ।

नेता रायन भने डिपार्टमेन्टको यस कार्यवाहीप्रति तीब्र असन्तोष जनाउँदै यसखाले जनावर अधिकारको हननको घटनाले हङकङलाई विश्वमै लज्जित तुल्याउने बताएका छन् ।
कुकुरप्रेमीहरुले कुकुरलाई परिवारको सदस्य मान्ने गरेकोमा उनीहरुको भावनामाथि ठेस पुर्‍याएको भन्दै उनी विरोध हस्ताक्षर अभियानमा लागेको बताइन्छ ।

त्यस्तै हो, विकसित देशमा कुकुर मर्दा/मार्दा पनि तहल्का हुन्छ, हाम्रोमा मान्छे मार्दा/मर्दा पनि केही छैन , फेरि हाम्रै चर्को स्वर,’ बुध्द वाज् बोर्न इन् नेपाल !’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here