हङकङेली जनतालाई सरकारको राहत प्याकेज घोषणा

प्रकाशित मिति
0
3012

लगभग ३ महिना देखि चलिरहेको आन्दोलनको कारण ब्यवसायीहरुलाई र कम आय भएका नागरिकहरुलाई हङकङ सरकारले राहत प्याकेज दिने घोषणा गरेको छ ।

१९.१ बिलियन डलरको उक्त कार्यक्रम अनुसार साना उद्योग ब्यवसायी , विद्यार्थीहरु र निम्न आय भएका परिवारहरुलाई लाभान्वित गर्ने उद्देश्यले ल्याइएको बताइन्छ ।

७ वाट शीर्षकमा गरी सरकारी कर मिनाहा गर्ने, आयकर कम गर्ने र वृध्द-अशक्तहरुको भत्ता बढाउने, पब्लिक हाउजिङहरुमा १ महिनाको भाडा नउठाउने, बिजुली महशुल मिनाहा गर्ने जस्ता कार्यक्रम परेका छन् । किन्डरगार्डेन, प्राइमेरी र सेकेन्डरी स्कूलका विद्यार्थीहरुलाई २५०० डलरको दरले अनुदान दिने बताएकोछ भने हर परिवारको २ हजार डलरको बिजुली महशुल मिनाहा गरिदिने बताइएको छ ।

यस सालको आर्थिक वृध्दिदर ० देखि १ प्रतिशत हुनसक्ने अनुमान गर्दै यो सन २००९ को मन्दी देखिको सबैभन्दा कम हुने बताइन्छ । तेस्रो चौमासिकमा पनि यो दोस्रो चौमासिक जस्तै आर्थिक स्थिति देखिए हङकङ आर्थिक मन्दीमा रहने सरकारले बताएको छ ।

बेइजिङपक्षधर नेताहरुले सरकारको कदमको स्वागत गरेका छन् भने लोकतन्त्र पक्षधरहरुले मूल मुध्दालाई किनारा गरेर जनतालाई ललीपप चटाउन खोजेको आरोप लाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here