हङकङेलीहरुलाई ४ हजार डलर बाँड्ने…

प्रकाशित मिति
0
28

आज हङकङ सरकारले मापदण्डमा परेका २८ लाख हङकङेलीहरुलाई ४ हजार डलर बाँड्ने घोषणा गरेको छ ।
१३८ बिलियन डलर मुनाफा रकम रहेर पनि निम्न वर्गलाई राहत दिने कार्यक्रम बजेटमा नल्याएको भन्ने आरोप लागेपछिन सरकारले यस्तो कदम चालेको हो ।

मापदण्ड अनुसार
– १८ वर्ष नाघेका हङकङ आइ डी होल्डर
– जसले अन्य खाले वृध्द, अशक्त आदि भत्ता नलिएको ,
– आफ्नो घर नकिनेको
– र कर तिर्ने मापदण्डमा नपरेको हुनुपर्नेछ ।

अर्थ सचिव पल चानले आज घोषणा गरे अनुसार यो रकम ११ बिलियन डलर हुन जानेछ । यो प्रस्ताव कार्यवन्यनको लागि विधान सभामा पारित हुनु पर्नेछ ।

यो मापदण्डमा पर्नु भयो भने तपाईंलाई हार्दिक बधाई छ, पर्नु भएन भने त तपाईं पहिल्यै धनी हुनुहुँदोरहेछ, त्यसको लागि झन् बधाई!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here