हङकङमा पैसाको वर्षा…

प्रकाशित मिति
0
48

साम सुइ पो को गोल्डेन कम्प्युटर सेन्टर नजिकै फुक वा स्ट्रिटमा आज एक ब्यक्तिले पैसाको वर्षा गराए ।

 

बिट कोइन ब्यवसायबाट धनी भएका कोइन योङ् मास्टरको उपनामले परिचित वोङ् चिङ् कितले आज एफ सि सि को वार्षिकोत्सव भएको भन्दै आकाशबाट पैसाको वर्षा हुनसक्छ भन्दै १ सयका नोटहरू बिल्डिङको छतबाट फ्याँक्न लगाएको देख्न सकिन्छ । आफूले पैसा छरेको जिम्मेवारी वोङले लिइसकेका छन् , र अन्यत्र कहाँ छर्ने होला भनेर आफ्नो फेसबुक पेजबाट जनतासँग सोधेका छन् ।

 

पुलिसले जनमानसमा पैसा नलिन निर्देशन दिए पनि मानिसहरूले वास्ता नगरी पैसा टिपेको भिडियोमा देख्न सकिन्छ । 2014 सालको क्रिसमसको बेला G4S को भ्यानमा समस्या आएर वान्चाईमा बीच सडकमा पैसाको वर्षा भएको थियो,  पछि पैसा ओसार्नेहरुलाई पुलिसले पहिचान गर्दै मुद्दा चलाएको थियो ।

तर यो काण्डमा चैं बाँड्नेले आफ्नो मर्जीले  फ्याँकेको पैसा लिँदा चोरीको बात नलाग्ने  कानुन विज्ञहरुको भनाइँ छ तर यसरी सार्वजनिक ठाउँमा भाँडभैलो हुने गरेर पैसा छर्ने ब्यक्तिलाई भने सजाय हुन सक्ने बताइन्छ । कसुर साबित भएमा वोङलाई ५ हजार डलर जरीवाना र १ सालसम्म कैद हुन सक्ने बताइन्छ ।

 

पैसाको वर्षा गराउनेलाई ५ हजार डलर जरीवाना त के ठूलो कुरा हो र? तर  मोरालाई १ सालको कैद भने सजाय भइजाओस् ! कम से कम, ‘ए हत्तेरी ! आज पैसा छर्दैछु, कम्प्युटर सेन्टर छेउछाउ आऊ है ‘  भनेर पूर्व सूचना गरिदेको भए तपाईँ हामी बोरा लिएर जानुहुन्थ्यो नि, हगि! अब  भिडियो हेरे चित्त बुझाऊँ!!!

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here