हङकङमा नेपालको संविधान जलाउने र दिपावाली गर्नेहरु

0
4

नेपालका प्रमुख चार दलले पेलेर ल्याएको संविधान प्रति हङकङका नेपालीहरु मतविभाजनको स्थिति रहेको छ ।

आज जारी गरिने संविधानलाई एमाओवादी, काङग्रेस, एमाले लगायतका प्रमुख दलका भ्रातृ संगठनहरुले भू पू भारतीय सैनिक क्लबमा दिपावाली गरी स्वागत गर्ने कार्यक्रम राखेका छन् भने संघीय समाजवादी फोरम लगायतका पहिचानवादीहरुले किङ जर्ज पार्कमा लगभग त्यसै समय च्यात्ने तथा जलाउने कार्यक्रम राखेका छन् ।

अब तपाईं कुन कार्यक्रमम सहभागी हुन चाहनु हुन्छ,रोजेर सहभागी हुनुहोला,  जानकारी निम्नानुसर छन् ।

 

birodh karyakram

दिपावाली कार्यक्रमको सूचना!

\सम्पुर्ण जाति, क्षेत्र, वर्ग, लिंगका जनताको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनितिक अधिकार नयाँ संविधानमा मुखारित गरि एक समृद्ध र परिष्कृत संविधन नेपाली जनतालाई दिने केही कार्यभार बाँकी रहेपनि गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक व्यवस्था र समाजवादी अर्थतन्त्र’ संविधानमा उल्लेख हुनुलाई उपलव्धीको रुपमा लिदै प्राप्त उपलब्धीको रक्षाको लागि हाम्रो पार्टी एनेकपा (माओवादी) हङकङ शाखा, नेपाली जनप्रगतिशील मन्च तथा तरामुमो, लिरामुमो, किरामुमो र मरामुमो सहितको सम्पूर्ण पार्टीपंक्ति तथा जनसमुदायमा नयाँ संविधानको स्वागत तथा दीपावली मनाउनको लागि निम्न मिति, समय र स्थानमा उपस्थित भईदिनहुनको हार्दिक अपिल गरिन्छ ।

मिती: 20 Sep 2015 आईतबार
समय: 7:30 देखि 09:00 बजे
स्थान: इन्डियन भु. पु. क्लब, जोर्डन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here