हङकङमा दादुराको प्रकोप…

प्रकाशित मिति
0
63

हङकङमा यस साल दादुराको संक्रमण बढेको तथ्याङ्कले देखाएको छ , हालसम्म दादुराले संक्रमितको संख्या ३३ जना पुगेको छ । ८ महिनाको बच्चादेखि
४९ वर्षका ब्यक्ति समेत दादुराको शिकार भएको बताइन्छ , लिंगको हिसाबले २० पुरुष र १३ महिलालाई यो रोगले समातेको छ ।

३३ मध्ये १३ जना एयरपोर्टमा काम गर्ने कर्मचारी रहेका छन्, जसमध्ये पाइलट, एयर होस्टेस, क्लर्क देखि ग्राउन्डमा काम गर्ने कर्मचारी परेका छन् ।
पोहर साल सालभरिमा जम्मा १५ जनालाई दादुराले ग्रसित तुल्याएको थियो भने यो साल को तेस्रो महिना नबित्दै
३३ जनालाई बिरामी तुल्याएको यस रोगको लागि सरकारले उच्च सतर्कता अपनाएको बताइन्छ । दादुराको प्रकोप निश्चितरुपमा बढेको स्वीकार गरेपनि आतिइहाल्नु पर्ने स्थिति
नरहेको सरकारले जनाएको छ । हामी पनि नआतिइकन यो रोगबारे जानकारी राखौं किन कि स्वास्थ्य नै धन हो!

 

के हो दादुरा ?
यो अत्यन्त संक्रामक भाइरसले गर्दा हुने रोग हो । यो रोगले सामान्यत: बालबालिकालाई बढी प्रभावित गर्छ । यो साना बालबालिकामा हुने मृत्यु र विकलांगताको समेत प्रमुख कारक हो ।

कसरी फैलिन्छ ?
दादुरा प्यारामिक्सो भाइरस परिवारको एउटा भाइरसले गर्दा हुन्छ । यो रोग खोक्दा वा हाच्छिउँ गर्दा एक व्यक्तिबाट अर्कोमा सर्छ । मुखबाट वा श्वासप्रश्वासका माध्यमबाट निस्किने पानीका ससाना कण (ड्रपलेट) ले यो रोग अरू स्वस्थ व्यक्तिमा फैलाउने गर्छन् ।

लक्षण
दादुराको सामान्य लक्षण हो– तीव्र ज्वरो । यो ज्वरोको सुरुआत दादुरा भएकाहरूको सम्पर्कमा आएको १०–१२ दिनपछि सुरु हुन्छ र ४ दिनदेखि एक सातासम्म रहिरहन्छ ।

दादुराले छोएपछि थकान, रुघा–खोकी हुने गर्छ । आँखा राता हुने, मुखभित्र सेतो दाग देखिने हुन सक्छ । केही दिनपछि सामान्यत: अनुहार र घाँटीको माथिल्लो भागमा बिमिरा देखिन्छ । बिमिरा तीनदिनपछि फैलिन्छ र हात खुट्टामा समेत देखिन थाल्छ । यस्तो बिमिरा पाँच–छ दिनपछि आफैं फोस्रिँदै जान्छ ।

दादुराले निकै सताउँदै गए फोक्सो, कानको बीच भाग, मस्तिष्कमा समेत समस्या हुन थाल्छ । उपचार नभए अन्तत: रोगीको मृत्युसम्म हुन सक्छ ।

सतर्कता
विशेष गरी भीडभाडमा काम या यात्रा गर्दा मास्क लगाउने गरौं, दादुराको लक्षण आफू वा आफन्त कोहीमा देखिएमा तुरुन्तै उपचारको पहल गरौं!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here